• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ऋण लगानीमा कमिसन प्रकरण : ऋणीको ५० हजार फिर्ता, म्यानेजरको सरुवा

64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  ०५:४६
1140x725

राजविराज- ऋण लगानीमा कमिसन लिएको आरोप लागेका सप्तरीको कल्याणपुरस्थित कृषि विकास बैंकका म्यानेजर प्रमोद चौधरीको सरुवा भएको छ।

ऋण लगानीमा कमिसन लिएको पुष्टि भएपछि कारबाही गर्नुको सट्टा उनलाई सरुवा गरेर अन्यत्र पठाईएको विषय स्थानीयस्तरमा चर्चाको विषय बनेको छ। कल्याणपुर शाखामा म्यानेजर चौधरीलाई क्षेत्रीय कार्यालय जनकपुर सरुवा गरिएको क्षेत्रीय कार्यालय राजविराजका शाखा अधिकृत रामचन्द्र साहले जानकारी दिए।

म्यानेजर चौधरीसहितको मिलेमतोमा ऋणीसँग कमिसन असुलिएको विषय बाहिरिएपछि क्षेत्रिय कार्यालय जनकपुर र राजविराजको संयुक्त टोलीले घटनाको छानबिन गरेको थियो। क्षेत्रीय कार्यालय जनकपुरका डाइरेक्टर निर्मल उपाध्याय र क्षेत्रीय कार्यालय राजविराजका शाखा अधिकृत साहसहितको टोलीले ऋणी शम्भु रामलगायतका व्यक्तिलाई बोलाएर सोधपुछ तथा घटनाको अनुसन्धान गरेको थियो।

बिचौलियामार्फत् कर्मचारीले कमिसन लिएको भन्ने ऋणीको दाबीपछि टोलीले सोही अनुसार मुचुल्का बनाएर उपलब्ध अन्य प्रमाणसहित बैंकको केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाएको छ। यसै बीचमा चौधरीको जनकपुर सरुवा भएको साहले बताए।

कृषि विकास वैंक क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख रामपदारथ साहले पनि घटनाको पुष्टि गर्दै अनुसन्धान र छानबिनको जिम्मा क्षेत्रीय कार्यालय राजविराजलाई दिइएको बताए। छानबिनको प्रतिवेदन केन्द्रीय कार्यालय पठाइएको र चौधरीको सरुवा भएको उनको भनाई छ।

कमिसन लिएको पुष्टि भएपछि शम्भु रामको ५० हजार रुपैयाँ समेत फिर्ता गराईएको साहले जानकारी दिए। ‘ऋणीले म्यानेजर चौधरीकै अगाडि आफुले ५० हजार दिएको बयान गरे,’ साहले भने, ‘हामीले सोहि बमोजिमको मुचुल्का तयार गरेर अनुसन्धानको प्रतिवेदन कारबाहीका लागि केन्द्रीय कार्यालयमा पठाएका छौं।’

यस्तो थियो घटना
कृषि विकास बैंकको लहान शाखावाट ह्याकिङ गरी रकम चोरी भएको विषयले चर्चा पाईरहेका बेला सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर शाखामा ऋणीसँग कमिसन असुलिएको विषय पनि चर्चामा आयो। ऋण लगानीको प्रक्रिया सुरु गर्नुपूर्व नै कमिसनको दर निर्धारण गर्ने अनि कुरा मिले फाइल अगाडि बढाउने नत्र विभिन्न बहाना बनाएर फाइल अड्काउने गरिएको भन्दै पीडितले गुनासो गरे।

यिनै पीडितमध्येका शम्भुनाथ नगरपालिका-४ का शम्भु रामले आफूले दुई पटक ऋण लिएको र दुवै पटक १०/१० प्रतिशत कमिशन दिएको दाबी गरे। पहिलोपटक लिएको ६ लाख रुपैयाँ ऋण उनले गत असारमा चुक्ता गरे। पैसाको अभाव भएपछि उनले दोश्रोपटक पनि ऋण लिने सोचमा बैंकमा १० लाख रुपैयाँ माग गरे। तर, कर्मचारीले १० लाख रुपैयाँ मिल्दैन भन्दै ५/६ लाख रुपैयाँसम्म ऋण दिन सकिने संकेत देखाए। 

nimb
nimb
Ncell 2
Ncell 2

रामले ७ कठ्ठा जग्गासहितको घर धितो राखेर असार पहिलो साता ऋणका लागि बैंकमा फाइल पेस गरे। फाइल पेस भएसँगै कमिसनको कुरा मिलाउन बलान बिहुल गाउँपालिका निवासी वेचन भण्डारी उनको पछि लागे। बैंक कर्मचारीकै अनुसार भण्डारी विचौलियाको काम गर्छन्। ऋणीसँग कमिसनका लागि उनले नै ’डिल’ गर्ने गरेका छन्। भण्डारीको यो काममा कार्यालय प्रमुख चौधरी, ऋण फाँटका प्रमुख सञ्जय नायक लगायतका कर्मचारीको मिलेमतो रहेको रामको दाबी थियो।

दुई/तीन दिनको छलफलपछि ५० हजार रुपैयाँ कमिसन दिने सर्तमा शम्भुको ६ लाख ५० हजार ऋण स्वीकृत हुने भयो। फाइल अघि बढेपछि उनी काम विशेषले काठमाडौं पुगे। सोही क्रममा भदौको पहिलो साता फोन गरेर ऋण स्विकृत भइसकेको जानकारी गारउँदै पैसा लान शम्भुलाई बोलाइयो। आफू काठमाडौंमा भएकाले आमा (कोशीला देवी)लाई पैसा उपलब्ध गराइदिन शम्भुले आग्रह गरे। उनको आग्रहमा कर्मचारी पनि तयार भएपछि भदौ ६ गते (शुक्रबार) कोशीलादेवी बैंक पुगिन्। तर, कमिसनको कुरा नबुझेकी उनले पैसा दिन राजी भइन्। 

त्यसपछि कर्मचारीले रकम पनि दिएनन् । शनिबार साँझ नाइट बस चढेर राम आइतबार बिहान कल्याणपुर झरे। दुईवटा चेकमार्फत उनले ऋण वापतको रकम बुझे। पहिलो चेकमार्फत झिकेको २ लाख २६ हजार रुपैयाँबाट आफूले कमिसन वापतको ५० हजार रुपैयाँ वेचनलाई उपलब्ध गराएको शम्भुको दावी छ। ‘पैसा लिएपछि मैले उसैलाई नियाली रहें,’ उनी भन्छन, ‘त्यो पैसा हाकिमले नै बुझेको मैले नै देखेको छु।’ शम्भु मात्र होइन, तत्कालीन कल्याणपुर गाविसका एक जनप्रतिनिधि समेतले कमिसन दिएर आफूले ऋण लिएको बताएका छन्।

ऋणीको दाबीमा बैंक म्यानेजनर चौधरीले भने आफूलाई सो बारेमा जानकारी नै नभएको प्रतिक्रिया दिँदै आएका थिए। तर गत असोज १७ गते शम्भु रामले दोश्रो पटक ऋण लिदा वुझाएको कमिसन बापतको ५० हजार भने उनैले फिर्ता गरेका छन्।

शम्भुनाथमा बोलाएर पैसा फिर्ता
‘ह्याकिङ प्रकरणपछि कृषि विकास बैंकमा कमिसनको चर्चा’ शीर्षकमा समाचार प्रकाशित भएको तेश्रो (असोज १७ गते) क्षेत्रीय कार्यालय राजविराज र जनकपुरको टोली बैंकको शाखा कार्यालयमा पुग्यो। ऋणी शम्भु राम तथा बिचौलिया भण्डारीलाई बोलाएर घट्नाको बारेमा जानकारी लिइयो। ‘कार्यालयमै बोलाएपछि म गएँ,’ राम भन्छन्, ‘सोधखोज गरेपछि बेचन भण्डारीमार्फत् ५० हजार दिएको र हाकिम प्रमोद चौधरीले बुझेको बारेमा सबै बताए।’

वेचन भण्डारीलाई सोधपुछका लागि बोलाउने प्रयास भए पनि उनी नआएको रामले जानकारी दिए। त्यसको लगत्तै शम्भुनाथ नगरपालिकाको ट्राफिक बजारस्थित आएसर ट्याक्टरको सो–रुममा बसेर छलफल गरेपछि आफूलाई बोलाएर पैसा फिर्ता गरेको रामले बताए। ‘करिब ३ बजे मलाई बोलाइयो, चौधरीले पैसा दिएर माफी पनि मागे,’ उनले थपे, ‘हामीबाट मिस्टेक भयो, कहिलेकाही यस्तै हुन्छ। माफ गर्नोस् भन्दै पैसा दिएपछि म आफ्नो बाटो लागें।’

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका बिहीबार, चैत २६, २०८२
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्