• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालकी बोनिता शर्मा बिबिसीको प्रभावशाली १ सय महिलाको सूचीमा

64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  ०६:२१
1140x725

काठमाडौं- पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छिन्। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि अटाएकी हुन्।

समाजमा प्रभाव छोड्न सफल महिलाहरुमध्ये बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको छ।

२७ वर्षे बोनितालगायतको टोलीले 'सोचाइ' (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ। कुपोषण र भोकमरीको अन्त्य गर्नु नै उनीहरुको उद्देश्य हो। सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले यही जेठ पहिलो साता मात्रै कम्पनी दर्ता गराएको थियो। 

बोनिता र उनको संस्थाले अगाडि ल्याएको 'पोषण र महिनावारी माला'का कारण छोटो समयमै उनीहरुको कामको रङ देखिन सुरु भएको थियो। 

उनी र उनको संस्था 'सोचाइ'ले ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत यसै वर्ष हात पारेको थियो। दिगो विकास लक्ष्य नं २ को भोकमरी विधाअन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै 'सोचाइ'ले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो।

दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वन योङ वर्ल्ड’ को विश्व प्रतिष्ठित ब्रान्डहरुसँगको सहकार्यमा लिड २०३० प्रतियोगिताको आयोजना गरिएको थियो। यसका लागि विश्वभरका युवाहरुले दिगो विकास लक्ष्य प्रगतिका लागि गरिरहेको कामको खोजी गरिएको थियो। जसमा सोचाइ पनि सहभागी भयो।

Ncell 2
Ncell 2

यस वर्ष महिलाहरुले गरेका कार्यले भविष्यमा विश्वलाई महिलाहरुले नेतृत्व गरे कस्तो रहला भन्ने स्पष्ट संकेत गरेको बिबिसीले जनाएको छ।

युद्ध, विज्ञान, वातावरण, खेल, राजनीतिलगायतका क्षेत्रबाट एक सय प्रभावशाली महिलाको सूची तयार गरिएको हो। पोषण सुधार अभियन्ता बोनितालाई चुलोचौकोमा मात्रै केन्द्रित नभई निर्धक्कसँग बालिका तथा महिलाहरुले पनि शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला तथा बालिकाको शिक्षा तथा सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै बिबिसीले उक्त सूचीमा राखेको हो।

बोनिता र सोचाइका अन्य सदस्यहरु।

कुपोषणविरुद्ध लडिरहेका बालबालिकाप्रति केन्द्रित रहँदै बोनिता र उनको संस्था 'सोचाइ'ले 'पोषण माला'को सोच अघि ल्याएको छ। नयाँ आमाहरुका लागि आफ्ना शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा यो मालाले सहजीकरण गर्दछ। जसमा फरुक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ।

यही रचनात्मकताबाट स्वास्थ्य, शिक्षा तथा पोषणमा क्षेत्रमा उनको कदमले आगामी समयमा निक्कै प्रभाव छोड्न सक्ने भन्दै बिबिसीले उनलाई उक्त सूचीमा राखेको जनाएको छ।

के हो पोषण माला?


पोषण मालाबारे धेरैलाई जानकारी छैन। 

यो हेर्दा सामान्य माला जस्तै देखिन्छ। माला भनिए पनि यो हातमा लगाउने ब्रासलेट हो। यसमा रंगीबिरंगी मोतीका दाना राखिएका छन्। सुनौला हजार दिनमा जन्मेदेखि २ वर्षमा बच्चाको ८० प्रतिशतसम्म दिमागको विकास हुन्छ। बच्चालाई पोषण र स्वास्थ्यको बारेमा जानकारी दिने ‘सुनौला हजार दिन’ सुनौलो मौकाको रुपमा लिँदै यो तयार गरिएको हो। हेर्दा समान्य लागे पनि यसले दिने अर्थ चाहिँ ठूलो छ।

पोषण मालामा २१ वटा दानाहरु रहेका छन्। जसमध्ये केही दानामा ०, ६, ९, १२ र २४ संख्या भनेर लेखिएको छ। संख्याले बच्चाको उमेर जनाउँछ भने रङले खानेकुराको समूह जनाउँछ। ० देखि ६ मा एउटा मात्र रङ सेतो छ, जसले आमाको दूध मात्र खुवाउनुपर्छ भनेर बुझाउँछ। त्यसपछि सेतो, खैरो, निलो, पहेँलो, हरियो रङले विभिन्न खानेकुरा जनाउँछ। सेतोले दूधजन्य खानेकुरा, खैरोले अन्नबाली, आलु, पहेँलोले दाल, गेडागुडी, हरियोले सागसब्जी तथा निलोले मासुजन्य परिकार बुझाउँछ। यी सबै जानकारी चित्रमार्फत दिइन्छ। 

नेपाल सरकारको ‘हरेक बार खाना चार’ भन्ने पोषण नारालाई नै नयाँ प्रस्तुतीकरण दिएर सचेतना दिन खोजेको बोनिता बताउँछिन्। चित्रमा महँगा फलफूलहरु राखिएको छैन। घरमै उत्पादन हुने स्थानीय फलफूल तथा तरकारी खान सुझाव दिने गरेका छन् उनीहरुले। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य छ उनीहरुको।

हाल उनको संस्था सोचाइलाई युनेस्कोअन्तर्गत 'मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेसन'ले समेत सहयोग गरिरहेको छ। त्यस अलावा ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसँगै सोचाइले यो विधा स्पोन्सर गर्ने आरबी ग्रुपबाट एक वर्षसम्मको मोनिटरिङको सुविधासमेत पाइरहको छ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  ०६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेशम चौधरीको रिटमा पेशी तोकियो बिहीबार, माघ २२, २०८२
‘कसैसँग गठबन्धन नगरेरै पहिलो पार्टी बन्छौ’ : प्रचण्ड बिहीबार, माघ २२, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्