काठमाडौ– शनिबारदेखि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन्।
'हाम्रो निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीन बीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ', राष्ट्रपति भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भण्डारीले सीद्वारा नेपाल र नेपालीप्रति दर्शाएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता ज्ञापन गरेकी छिन्।
सी आइतबार दिउँसो चीन फर्किसकेका छन्।
नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।