काठमाडौं- नेपाल र चीनबीच दुईदेशीय रेलमार्गको संभाव्यता अध्ययन गर्ने समझदारी भएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार दुई पक्षबीच यस्तो समझदारी भएको हो।
यसैगरी सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदानलगायतका २० बुँदे समझदारी भएको छ।
यसमा १८ वटा समझदारी र २ वटा लेटर अफ एक्सचेन्ज गरी कूल २० बुँदे समझदारी भएको हो।
यस्ता छन् समझदारीका मुख्य विषयः
-
नेपाल–चीन अन्तरदेशीय रेलसेवाको सम्भाव्यता अध्ययन
-
छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने
-
काठमाडौं–चीनको नाञ्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना
-
बुटबल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य सेवा सुधारसम्बन्धी समझदारी
-
त्रिभुवन विश्वविद्यालयमा भौतिक पूर्वाधार निर्माण सम्बन्धी समझदारीपत्र
-
नेपाली फलफूल चीन निर्यात गर्ने सम्बन्धी समझदारीपत्र
-
सीमा व्यवस्थापन प्रणाली
-
सरकारी क्षमता विस्तारका लागि सहयोग आदानप्रदान गर्ने समझदारी
-
आपराधिक गतिविधि नियन्त्रणका लागि दुईपक्षीय कानुनी सहयोग आदानप्रदान गर्ने समझदारी
-
सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदान समझदारी
-
नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजनामा उत्पादकत्व क्षमता विस्तार गर्ने
-
औद्योगिक क्षेत्रमा सहयोग गर्ने परियोजना सम्बन्धी समझदारीपत्र
-
परम्परागत औषधिको विकास गर्ने समझदारी
-
विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धारसम्बन्धी सम्झौता
-
चीनको सुप्रिम पिपल्स प्रोक्युरेटर र नेपालको महान्यायाधिवक्कताको कार्यालयबीच सहयोग आदानप्रदान गर्ने समझदारी
-
दुईपक्षीय व्यापारसम्बन्धी संयुक्त कार्यदल गठन गर्ने
-
दुईपक्षीय लगानी विस्तार गर्न नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहायता कार्यदल गठन गर्ने
-
सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा समझदारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।