काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमै 'गार्ड अफ अनर' अर्पण गरिएको छ।
नेपाली सेनाको एक टुकुडीले सीको सम्मानमा २१ तोपको सलामीसमेत दिएको हो।
त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। सी विमानस्थलबाट सोल्टी क्राउन प्लाजा जाने कार्यक्रम छ। शनिबार नै दुई राष्ट्रपतिबीच शीतल निवासमा भेटवार्ता हुनेछ।
सी आजै राष्ट्रपतिको आयोजनामा सहभागी हुने भोजमा सहभागी हुनेछन्। भोज सी बस्ने होटल सोल्टीमै आयोजना हुनेछ।
त्यसअघि सीले पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
सी शनिबार साँझ एयर चाइनाको विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। आफ्नो दुई दिने भ्रमण सकेर सी भारतको चेन्नइबाट सिधै काठमाडौं प्रस्थान गरेका थिए।
सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।