• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सीको भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि कति लाभदायी?

64x64
नेपाल लाइभ शुक्रबार, असोज २४, २०७६  १०:२४
1140x725

-सीबी अधिकारी/रासस

काठमाडौं- विश्व अर्थतन्त्रमा बलियो पकड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ।

राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ। 

चीन असल छिमेकी मित्रराष्ट्र मात्र हैन, आर्थिक सहायता, पर्यटन, व्यापार प्रवद्र्धन, पूर्वाधार विकास, सांस्कृतिक सम्बन्धको अटुट आयाम भएको साझेदार मुलुक पनि हो।

राष्ट्रपति सीको नेपाल भ्रमणको सन्देश विश्वभर पुग्ने भएकाले विभिन्न मुलुकबाट पनि नेपाल आउने पर्यटक बढ्ने अनुमान गरिएको छ। महाशक्ति राष्ट्रका रुपमा उदाएको छिमेकी मुलुक चीनले विश्व पर्यटनमा सबैभन्दा बढी योगदान गरिरहेको छ, अर्थात् चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन्। 

संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको सन् २०१९ को अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी महत्वपूर्ण टिप्पणीको संस्करण ‘इन्टरनेशनल टुरिज्म हाइलाइट्स इडिसन’ का अनुसार सन् २०१८ को अवधिमा विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या एक अर्ब ४० करोड पुगेको छ। यो सङ्ख्या हरेक वर्ष पाँच प्रतिशतले बढिरहेको छ भने चीनबाट मात्रै विश्व भ्रमणमा निस्कने पर्यटकको सङ्ख्या वार्षिक १५ प्रतिशतले बढेको छ।

विश्व अर्थतन्त्रको दोस्रो ठूलो छिमेकी मुलुक चीन र अर्थतन्त्रमा उदीयमान मुलुक भारत नेपालको पर्यटन बजारका मुख्य स्रोत मानिन्छन्। यी मुलुकबाट हरेक वर्ष पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ। पर्याप्त प्रचारप्रसारको अभावमा पनि चीनबाट पर्यटक बढिरहेका छन्। नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ। पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तररुपमा चिनियाँ पर्यटक बढेको देखिन्छ । बोर्डका अनुसार सन् २०१९ को आठ महीना (जनवरीदेखि अक्टोबरसम्म) को अवधिमा सात लाख ८२ हजार ६०० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

उक्त अवधिमा चीनबाट मात्रै एक लाख छ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन् । जुन सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । सन् २०१८ मा इतिहासकै सबैभन्दा बढी १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल आए। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै सन् २०१७ मा ९३ हजार ६५४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१६ मा चीनबाट एक लाख चार हजार पाँच पर्यटक आएका छन्। गोरखा भूकम्प र नाकाबन्दीका बाबजुद पनि सन् २०१५ मा ६४ हजार ६७५ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०१४ मा एक लाख २३ हजार ८०५ चिनियाँले नेपाल भ्रमण गरेका थिए।

तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विज्ञहरु बताउँछन्। राष्ट्रपति सीको भ्रमणले नेपाललाई विश्व पर्यटनको थप आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने उनीहरुको विश्वास छ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले संसारभर नेपालको प्रवर्द्धन हुने र चीनबाट मात्र नभई विश्वका अन्य मुलुकबाट पनि चिनियाँ पर्यटक बढ्ने बताए

चिनियाँ राष्ट्रपति जुन मुलुकमा जानुहुन्छ त्यहाँ चिनियाँ पर्यटक बढेको उदाहरण दिँदै उनले नेपालको पर्यटनका लागि राष्ट्रपति सीको भ्रमण महत्वपूर्ण अवसर भएको उल्लेख गरे। स्वार्थरहीत सम्बन्ध स्थापना गर्ने चीनले आर्थिक सहायता, पूर्वाधार विकास आदिमा जति साझेदारिता बढाएको छ, मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको समग्र पर्यटन क्षेत्रमा पनि चीनको उत्तिकै योगदान छ।  

लुम्बिनी विकास कोषका सद्भावना राजदूत विक्रम पाडेकाजीले चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका निम्ति ठूलो अवसर भएको र यसले चिनियाँ पर्यटकको बढोत्तरीमा अग्रगामी छलाङ मार्ने विश्वास व्यक्त गरे। 

उनले भने, “विश्वको शक्तिशाली मुलुक चीनका राष्ट्र प्रमुखको नेपाल भ्रमणले नेपालको गरिमा बढाउँछ नै यसले विश्व पर्यटनमा नेपालको सकारात्मक सन्देश पनि जान्छ। नेपाल भ्रमणमा जानैपर्ने देश रहेछ भन्ने धारणा पर्यटकमा पैदा गराउने भएकाले पनि यो भ्रमणको ऐतिहासिक हुन्छ।” 
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले नेपालको पर्यटनको राम्रो स्रोत बजारबाट राष्ट्र प्रमुखको भ्रमणले नेपालको पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए। 

ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष नवराज दाहाल पनि विश्वकै शक्तिशाली छिमेकी मुलुक चीनका राष्ट्रपतिको नेपाल भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि ठूलो अवसर भएको उल्लेख गरे। 

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको भ्रमणले पर्यटन क्षेत्रमा उल्लासको वातावरण सिर्जना भएको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सोहीअनुरुप राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धनको कामलाई प्रभावकारीरुपमा अघि बढाएको छ। (तस्बिर: भिजिटनेपाल२०२०डटकम)

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित शनिबार, जेठ ३०, २०८३
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई शनिबार, जेठ ३०, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्