• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भैरहवा भन्सार : दसैं-तिहारका लागि लत्ताकपडा देखि सवारी साधनसम्मको आयात बढ्यो

64x64
नेपाल लाइभ बुधबार, असोज १५, २०७६  ०९:४१
1140x725

भैरहवा- हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैं सुरु भइसकेको छ। दसैंसँगै नेपाली समुदायमा एकएक गर्दै चाडपर्वसमेत भित्रिन्छन्। दसैं, तिहार, छठलगायत पर्वहरु आउने क्रममा घर, बजार र सडक सबै गुल्जार हुन्छन्। मानिसको चहल-पहल व्यापक हुन्छ। चाडपर्वको यो अवसरमा लत्ताकपडा, खाद्यान्न, माछामासु र सवारी साधनको बिक्री अत्याधिक हुने गर्दछ।

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देहीको बुटवल तथा भैरहवामा दसैंका लागि किनमेलको चहलपहल बढेको छ। खासगरी अहिले बजारमा लत्ताकपडा र नयाँ सवारी किन्नेको भीडभाड बढेको छ।

व्यवसायीले दसैंलाई लक्षित गरेर भारत, चीन तथा तेस्रो मुलुकबाट मालसामान आयात बढाएका छन्। अन्य सिजनमा धेरै मात्रामा औद्योगिक कच्चा पदार्थ भित्रने भैरहवा भन्सार कार्यालय बेलहियामा अहिले खाद्यान्न, फलफूल, लत्ताकपडा, मरमसला तथा सवारी साधन बोकेका सवारी लाममा छन्। यो नाकाबाट दसैं, तिहारका लागि एक अर्बभन्दा बढीको लत्ताकपडा आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले चाडपर्वका लागि साउन, भदौ र असोजमा लत्ताकपडाको आयात बढी मात्रामा हुने बताए। भैरहवाबाट साउनमा ३० करोड ७४ लाख रुपैयाँको सुती तथा तयारी कपडा आयात भएको थियो। भदौ र असोजमा क्रमशः ३५ र ४० करोड रुपैयाँ बराबरको लत्ताकपडा आयात भएको सूचना अधिकारी पौडेलको भनाइ छ।

विशेषगरी तयारी, सटिङ-सुटिङ तथा सारी, कुर्तासुरुवाल र सुती कपडा यहाँबाट भित्रिने गर्दछ। भारतको बैंगलोर, लखनउ, मेरठ, गुजरात, मद्रास, वनारस, गोरखपुरजस्ता स्थानबाट नेपालमा जेन्स तथा लेडिज कपडा आयात हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए।

पछिल्लो समय सस्तो र फरक-फरक डिजाइनमा आउने भएकाले चिनियाँ कपडाको खपत र आयात दुवै बढेको पनि अध्यक्ष न्यौपाने बताए। यसबाहेक तेस्रो मुलुक हङकङ, दक्षिण कोरिया, थाइल्यान्ड, अमेरिकाबाट समेत दसैंलाई लक्षित गरेर तयारी कपडा नेपाल भित्रने न्यौपानेले जानकारी दिए।

विदेशबाट सामानको आयत बढेसँगै व्यापार घाटा पनि बढ्दै गएको छ। अधिकांश विदेशी ब्रान्डका कपडा काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, तानसेनजस्ता सहरमा खपत भए पनि भारतीय तथा चिनियाँ कपडा आधाभन्दा धेरै पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, स्याङ्जा र दाङसम्म पुग्ने गरेको व्यवसायीहरु बताउँछन्।

Ncell 2
Ncell 2

दसैंकै लागि भैरहवा नाकाबाट फलफूल भित्रने क्रम पनि ह्वात्तै बढेको छ। स्याउ, केरा, भुइँकटहर, अनार लगायतका फलफूल यस नाकाबाट बढी मात्रामा भित्रने गर्दछ। साउन, भदौमा दैनिक ५० देखि ७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसँगै दैनिक एक सयभन्दा बढी फलफूल बोकेका गाडी नेपाल भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ।

यो नाकाबाट भित्रिने फलफूल बुटवलको थोक बजार केन्द्र हुँदै पहाडी जिल्लासहित चितवन, पोखरा र काठमाडौंसम्म पुग्ने गर्दछ। अन्य समयमा फलफूल खपत तराइका जिल्लामा बढी हुन्छ। तर, चाडपर्वका बेला भने भारतीय स्याउ र केराले पहाडी जिल्लाको बजार धान्ने फलफूलका थोक व्यापारी बृजेश यादव बताउँछन्।

चाडपर्वकै लागि अहिले खाद्यान्नको आयात पनि तुलनात्मक रुपमा बढेको छ। भन्सार कार्यालयका अनुसार मरमसला, तेल, पिठो, मैदा, मसिनो तथा बासनादार चामल लगायतको आयातसमेत बढेको छ।

दसैंमा लत्ताकपडासँगै मसिनो तथा बासनादार चामल, दाल, तेल, मैदा, घर सजावटका सामानको माग पहाडी जिल्लामा बढी हुने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद आर्चायले बताए। दसैंमा तराइमा अन्य सामानका साथै इलेक्ट्रोनिक र सवारी साधनको पनि बिक्री बढी मात्रामा हुने गरेको छ।

चाडपर्व लक्षित गरेर व्यापारीहरुले गत साउनदेखि नै सवारी साधनको आयात बढाएका छन्। भैरहवा नाकाबाट वार्षिक साढे २३ अर्ब रुपैयाँ बराबरको सवारी साधन आयात हुन्छ। आयातको झन्डै ४० प्रतिशत कारोबार दसैंतिहारको समयमा हुने अटो व्यवसायी तथा जगत मोर्टस् प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले जानकारी दिए।

दसैं र तिहारको बेलामा उपभोक्ताले नयाँ गाडी किन्ने भएकाले यो समयमा गाडीको बिक्री अन्य समयमा भन्दा बढी हुने गरेको उनको भनाइ छ। बिक्रीलाई मध्यनजर गर्दै विभिन्न सवारी खरिदमा व्यवसायीले छुटसमेत दिने गरेका छन्।

दसैं, तिहार लक्षित बजारका लागि भैरहवा नाकाबाट करिब ५ अर्ब रुपैयाँभन्दा बढीका जिप, कार, भ्यान र मोटरसाइकल आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ। दसैंमा बुटवल, भैरहवाजस्ता ठूला सहरमा चारपाँग्रे गाडीको बिक्री ह्वात्तै बढ्ने गर्दछ। दसैंमा देवीदेवताका मूर्ति, इलेक्ट्रोनिक सामानहरु टिभी, क्यामेरा, झल्लर लाइट, मोबाइलजस्ता सामानको बिक्रीसमेत बढ्ने गर्दछ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर
धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध
रवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज सुनुवाइ हुने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
सुनचाँदीको मूल्य सामान्य बढ्यो मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्