काठमाडौं- सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।
बुधबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुन पनि बुधबारको तुलनामा बिहीबार १ हजार रुपैयाँले घटेको छ। बुधबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँ रहेकोमा बिहीबारका लागि प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्यमा समेत कमी आएको छ। बुधबार ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बिहीबार ८ सय ६५ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।