काठमाडौं- लगानी बोर्डको चालिसौं बोर्ड बैठकले विभिन्न ४ विषयमा निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले तल्लो अरुण जलविद्युत परियोजना कार्यान्वयनका लागि आशयपत्र पेश गरी तोकिएको मापदण्ड पूरा गरेका प्रस्तावकलाई संक्षिप्त सूचीमा राख्ने निर्णय गरेको छ।
त्यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना सार्वजनिक नीजि साझेदारी (पिपिपी मोडलमा)मा निर्माण गर्न ज्युरिच एअरपोर्ट इन्टरनेसनल एजीलाई सर्ट लिस्ट गरेको छ।
त्यसैगरी बैठकले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी गुरुयोजनासम्बन्धी विस्तृत अध्ययनका लागि अर्थमन्त्रीको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ।
काठमाडौं बाहिरी चक्रपथका लागि चाईना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई सर्टलिस्ट गरिएको लगानी बोर्डले जानकारी दिएको छ।
निर्णयहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।