काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रियतामुखी भन्दा पनि दिगो रुपमा काम गर्न निर्देशन दिएका छन्।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दिएर मात्रै खुशी पार्छ भन्ने मान्यता जनतामा नआउने गरि काम गर्न निर्देशन दिए।
जनतामा आफै काम गर्नुपर्छ र देश बनाउनुपर्छ भन्ने भावना आउने गरि काम गर्न उनलेे निर्देशन दिए।
'घर पाउने मौलिक हक छ, तर सरकारले घर दिइहाल्छ हामी किन बनाउने भन्ने भावना जनतालाई दिने होइन, आफैं बनाउनुपर्छ भन्ने भावना दिने हो। सरकारले सीप दिने हो, क्षमता बनाइदिने हो,' उनलेे भने।
प्रधानमन्त्री ओलीले अहिलेको निर्वाचन प्रणालीबाट बहुमतको सरकार बनाउन कठिन रहेको पनि उल्लेख गरे।
'हामीले जानेर ल्यायौँ वा नजानेर फस्यौँ,' उनले भने, 'यो प्रणालीबाट बहुमत पाउन कठिन छ, तैपनि पनि हामीले राम्रो अवसर पायौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।