काठमाडौं- नेपाल-भारत व्यापार सन्धि २००९ को पुनरवलोकनका लागि समिति गठन भएको छ।
मन्त्रिपरिषद्ले सन्धि पुनरवलोकनको तेस्रो बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्सीय वार्ता टोली गठन गरेको हो।
आगामी साता नेपाल-भारत व्यापार सन्धि पुनरवलोकनका लागि दुई देशका वार्ता टोलीबीच छलफल हुनेछ।
त्यसका लागि सरकारले आवश्यक तयारी पूरा गरिसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग नै रहेको छ।
सरकारले भारतसंगको व्यापार सन्धि पुनरावलोकन गर्दा यस तर्फ समेत ध्यान दिनुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन्।
वार्ताका लागि विभिन्न बुँदाहरु तय गरिसकिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।