काठमाडौं– पत्रकार पक्राउ गर्न प्रहरी समाचार कक्षमै प्रवेश गर्न थालेको भन्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले आपत्ति जनाएका छन् ।
उनले समाचारको स्रोत पत्ता लगाउने नाममा समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालिए मुलुकमा संविधान नै समाप्त भएको अर्थ लाग्ने टिप्पणी गरेका छन् ।
‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ गाउँलेले भनेका छन्, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौँला, पहिले संविधान जोगाउन लड्नुपर्ने भयो ।’
शुक्रबार पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेका घटनाक्रमबीच गाउँलेको यस्तो प्रतिक्रिया आएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।