काठमाडौं- लामो समयदेखि विमानस्थल सेवा शुल्क बापतका बक्यौता भुक्तानी नगर्ने विभिन्न फर्म तथा तथा एयरलाइन्ससँग रकम असुलीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशन गर्ने तयारी गरेको छ।
प्राधिकरणले लामो सयमदेखि बक्यौता दाखिला नगरेका र बन्द नै भएका एयरलाइन्स कम्पनीसँग रकम असुलीका लागि कानुनी प्रक्रियामा जाने तयारीका साथ सूचना प्रकाशन गर्न लागेको हो।
प्राधिकरणका अनुसार विमानस्थल कार्यालयलाई लामो सययदेखि विभिन्न कम्पनी तथा एयरलाइन्सले तिर्नु पर्ने बक्यौता रकम २ अर्बको हाराहारीमा रहेको जनाएको छ।
झन्डै एक वर्ष अगाडि मात्रै मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउने बक्यौता रकम नबुझाईं उडान बन्द गरेको थियो।
एयर एसियाको बक्यौता मात्रै झन्डै १९ करोडको हाराहारीमा पुगेको छ।
यसैयरी बन्द भएको निकोनको साढे ३ करोड र कस्मिकको ४ करोड भन्दा रुपैयाँ भन्दा बढी बक्यौता छ।
योसँगै नेपाल एयर वेज र केही महिना अगाडिबाट उडान बन्द गरेको भारतीय जेट एयरवेजको पनि वक्यौता बाँकी छ।
सरकारी निकाय भन्सार विभागको समते ५४ करोड रुपैयाँभन्दा बढी बक्यौता बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।