काठमाडौं- नेपाल सिमेन्ट उत्पादक संघमा ध्रुबराज थापा चयन भएका छन्।
बिहीबार भएको संघको निर्वाचनले थापालाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको हो।
अधिकांश उद्योगीको आग्रहपछि मुरारका संघमा अध्यक्ष बन्न तयार भएका थिए।
तर मुरारका सर्वसम्मत हुन नसके पछि उनी अध्यक्ष बन्नबाट पछि हटेका हुन्।
संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल चयन भएका छन्।
उनी अग्नि सिमेन्टका संचालक हुन्। संघको महासचिवमा विशाल सिमेन्टका जयन्द चुडाल निर्वाचित भएका छन्।
संघको सदस्यमा युनाईटेड सिमेन्टका विकास दुगड, एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, ईन्टरनेसनल सिमेन्टका राजनकुमार झा, केपी सिमेन्टका केशवप्रसाद उप्रेती र शिवम सिमेन्टका सुरेन्द्र गोयल चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।