काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आव २०७५/०७६ मा अपेक्षाकृत बढी आम्दानी गरेको छ। चालु आव २०७६/०७७ को नीति तथा बजेट कार्यक्रमका विषयमा पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा गत वर्ष अपेक्षाकृत २० प्रतिशत बढी आम्दानी भएको जनाएको छ।
प्राधिकरणले गत आवमा कुल ५ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो। तर, प्राधिरकणले ७ अर्ब १५ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ।
प्राधिकरणले गत आवमा एरोनोटिकबाट ४ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ र नन-एरोनोटिकल शीर्षकबाट २ अर्ब ४७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।
यी दुवै शीर्षकमा प्राधिरकणले लिएको लक्ष्यभन्दा बढी आम्दानी गरको छ।
यसैगरी, प्राधिकरणले चालु आवमा ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्यसमेत लिएको छ। जसमा एसोनोटिकतर्फबाट ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ र नन-एरोनोटिकतर्फबाट २ अर्ब ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ।
यसका साथै विमानस्थल विकास शुल्क शीर्षकबाट समेत २ अर्ब २१ करोड २८ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य अगाडि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।