• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मलेसिया रोजगारी : सरकार भन्छ शून्य लागत, कामदार तिर्छन् डेढ लाख

पुरानै भेन्डरबाट ३ हजार कामदार पुगे मलेसिया
64x64
नेपाल लाइभ शुक्रबार, जेठ १०, २०७६  ११:२०
1140x725

काठमाडौं- रोजगारीका लागि मलेसिया जाने कामदारले प्रतिव्यक्ति १७ हजारसम्म आर्थिक भार बेहोर्नुपरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ देखि मलेसिया रोजगारी बन्द गर्ने निर्णय गरे। 

कामदारमाथि अत्यधिक आर्थिक शोषण गर्ने संस्था भिएलएन, बायोमेट्रिक, जिएसजी, माइग्राम, ओएससी गरी ५ वटा भेन्डरलाई खारेजीको प्रक्रियासमेत अघि बढाइयो। सामाजिक सुरक्षाको ग्यारेन्टीसहित शून्य लागतमा नयाँ प्रक्रियामार्फत कामदार पठाउने टुंगो नलागेसम्म मन्त्री विष्टले नेपाली कामदार मलेसिया रोजगारीमा नपठाउने अडान लिए। 

बन्द भएको ५ महिनापछि २०७५ कात्तिक १२ गते नेपालका तर्फबाट मन्त्री विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच दुईपक्षीय श्रम समझदारी (एमओयु) पत्र मा हस्ताक्षर भयो। श्रम समझदारी भएको ३ महिना बित्नै लाग्दा माघ २ गते पुरानै भेन्डरबाट शुल्क लिएरै मलेसियाको सेट ब्रान्ड कम्पनीमा काम गर्न २० जना कामदार मलेसिया पठाइए। यसपछि यो विषय विवादित बन्यो। 

मलेसियाको रोजगारी बन्द भएको १० महिनापछि गत चैत २५ गते श्रम कार्यालय ताहाचलमा कलिङ भिसा लागेका २ जना कामदारलाई अन्तिम श्रम स्वीकृति दिइयो। औपचारिक कार्यक्रमसमेत गरिएको श्रम स्वीकृति कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ उपस्थित थिए।

म्यानपावर व्यवसायीको सहजीकरण तथा नेपालस्थित मलेसिया दूतावासको सिफारिसमा पुरानै भेन्डर र पुरानै प्रक्रियाबाट कलिङ भिसा लागेका कामदार मलेसिया गइरहेकै छन्। म्यानपावर व्यवसायीले पैसा असुलिरहेकै छन्। 

चैत २५ गतेदेखि हालसम्म कलिङ भिसा लागेका ३ हजार १३ जना कामदार अन्तिम श्रम स्विकृति लिएर मलेसिया पुगिसकेका छन्। 

कलिङ भिसा लागेका सबै कामदार १ लाखदेखि डेढ लाखसम्म तिर्न बाध्य रहेको पीडितले बताउँदै आएका छन्। 

000

Ncell 2
Ncell 2
nimb
nimb

मलेसियाको कलिङ भिसा लागेका सम्राट सिहंले ३ हजार २ सय रुपैयाँ तिरेर इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (सुरक्षा जाँच) गराए। अन्य सबै प्रक्रिया पूरा गर्न पनि उनले पुरानै भेन्डरबाट १७ हजारभन्दा बढी रकम तिरिसकेका छन्।

भिसालगायत शीर्षकमा पनि रकम लाग्ने भनेर सुनाइएको छ, उनलाई। तर यति नै रकम लाग्छ भनेर जानकारी दिइएको छैन। पछि एकैचोटि मलेसिया उड्ने बेलामा लागत रकमबारे जानकारी दिइने सिंहले बताए। 

त्रासमा चुपचाप रकम बुझाउँछन् युवा
कलिङ भिसा लागेका कामदार पुरानै प्रक्रिया र पुरानै भेन्डरमार्फत एकदेखि डेढ लाखसम्म तिरेर मलेसिया गइरहेका छन्। कलिङ भिसा लागेका र सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका एक युवाले भने, ‘जसरी पनि मलेसिया जानुपर्ने नै छ, मलेसिया कहिले खुल्छ भनेर कुरेर बसेको १ वर्ष भइसक्यो, के गर्नु मागेको रकम दिनैपर्‍यो।’ 

मलेसिया जानकै लागि उनले ८० हजारभन्दा बढी रकम खर्च भइसकेको बताए। मलेसिया जान बाधा पर्ने हो कि भन्ने डरले उनीहरु आफ्नो नामसमेत खुलाउन चाहँदैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले मलेसिया रोजगारी बन्द गरेको एक वर्ष बितिसक्दा पनि युवामा मलेसिया मोह उत्तिकै छ।

एक वर्षदेखि मलेसिया खुल्ने पर्खाइमै रहेका कतिपय युवाहरुको काठमाडौं चक्रपथस्थित जिएसजी नामक सुरक्षा जाँचका लागि भिड लाग्न थालेको छ। 

समझदारी नयाँ, प्रक्रिया पुरानै 
मलेसिया र नेपाल सरकारबीच शून्य लागतमा श्रम समझदारी भएको ५ महिना बितिसकेपछि कलिङ भिसा लागेका कामदार पठाउन सुरु गरे पनि पुरानै भेन्डरमार्फत डेढ लाखसम्म रकम तिरेर युवाहरु मलेसिया रोजगारीमा जान बाध्य छन्। 

गत चैतदेखि हालसम्म ३ हजार १३ जना कामदार पुरानै भेन्डर र प्रक्रियामार्फत श्रम कार्यालय ताहाचलस्थित श्रम स्विकृति लिएर मलेसिया रोजगारीमा पुगिसकेका छन्। 

नेपाल र मलेसियाको श्रम समझदारी अगावै भिसा लागिसकेका कामदारहरुलाई शून्य लागतमा पठाउन नसकिने श्रम कार्यालय ताहाचलका प्रमुख देवेन्द्र कार्की बताउँछन्। उनी भन्छन्, ‘समझदारीभन्दा पहिले नै भिसा आइसकेका सबै कामदार पुरानै प्रक्रियामार्फत जान्छन्, उनीहरुको मलेसियाका लागि १० हजार लागत लाग्छ, त्योभन्दा बढी रकम असुली गर्नु गैरकानुनी हो।’

त्यसो त मलेसिया जाने कामदारले म्यानपावरबाहेक बायोमेट्रिक लगायत ५ भेन्डरमै १७ हजार बढी लागत बुझाइरहेका छन्। 

म्यानपावर कम्पनीहरुले पनि कामदारबाट मनलाग्दी रकम असुल्न छाडेका छैनन्। मोटो रकम असुलेर १० हजारको भरपाई दिँदै आएका म्यानपावर व्यवसायीहरु १० हजार लागतमा कामदार पठाउन नसकिने अडान राख्दै आएका छन्। 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ मलेसियाको कलिङ भिसा लागेका कामदारले कति रकम बुझाइरहेका छन् भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउँछन्। 

सरकारले अघि सारेको फ्री भिसा फ्री टिकट नीतिपछि मलेसिया लगायत विभिन्न खाडी मलुकहरु जाने कामदारको लागत १० हजार मात्रै लाग्ने उल्लेख गरिएको थियो। तर सरकारले नीति मात्र बनाएर कार्यान्वयन गर्न नसक्दा मलेसिया लगायत अन्य विभिन्न खाडी मुलुकमा समेत कामदारहरु मोटो रकम तिरेर विदेशिन बाध्य छन्। 

अझ मलेसियाको सन्दर्भमा श्रम समझदारीपछि शून्य लागतमा मात्रै पठाउने भनेर एक वर्षसम्म रोकिएका कामदारलाई समझदारी अनुरुप शून्य लागतमा नयाँ प्रक्रियामार्फत पठाउन असफल  हुँदा उनीहरु झन् मारमा परेका छन्। 

एकातिर कामदारहरुको एकवर्षको अवधि खेर गएको छ भने अर्कोतिर उनीहरु पुरानै भेन्डर र प्रक्रियामार्फत रोजगारीमा जाँदा उस्तै हिसाबले ठगिएका छन्।

सम्बन्धित समाचार
मलेसिया रोजगारी : प्रतिबन्धित भेन्डर 'जिएसजी'मा सेवाग्राहीको भिड, धमाधम रकम असुली

भेन्डर परिवर्तनको खेलमा मलेसिया रोजगारी नै संकटमा

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपिएलकाे टिकट दर सार्वजनिक
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्