काठमाडाै- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।
एनपिएलको लिग चरणका खेल हेर्न साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्नेछ।
क्यानका सचिव पारस खड्काले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इलिमिनेटर र फाइनल खेलको टिकट मूल्य भने साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ निर्धारण गरिएको छ।
एनपिएलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ।
८ टोलीको सहभागितामा तेस्रो सिद्धार्थ बैंक एनपिएल कात्तिक ९ देखि मंसिर ५ गते ( अक्टोबर २६ देखि नोभेम्बर २१ ) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।