लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि अमेरिकाका अनुभवी अलराउन्डर शाड्ली भान स्काल्कविकलाई टोलीमा भित्राएकाे छ।
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा अमेरिकाको प्रतिनिधित्व गर्दै उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। स्काल्कविकले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमतामार्फत लुम्बिनी लायन्सको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
टी–२० विश्वकप २०२६ मा १३ विकेट लिएका स्काल्कविक प्रतियोगिताका सर्वाधिक विकेट लिने बलरमध्ये अग्रस्थानमा रहेका थिए। उनले प्रतियोगितामा चार इनिङ्समा १३ विकेट लिँदै एसोसिएट राष्ट्रका खेलाडीले एउटै टी–२० विश्वकप संस्करणमा लिएको सर्वाधिक विकेटको कीर्तिमानमा नेदरल्यान्ड्सका बास डे लिडेसँग बराबरी गरेका थिए। उनको औसत ७.७६ रहेको छ।
विश्वकपमा स्काल्कविकको प्रदर्शन विशेषगरी भारत र पाकिस्तानविरुद्ध उल्लेखनीय रह्यो। उनले भारतविरुद्ध २५ रन खर्चेर चार विकेट लिएका थिए। त्यसपछि पाकिस्तानविरुद्ध पनि उनले समान २५ रन खर्चेर चार विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।