• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विद्युत प्राधिकरण विरुद्ध एकै ठाउँ निजी क्षेत्रका ३ छाता संगठन

महसुल तिर्नु पर्दा हतास र मर्माहत भयौं : व्यवसायी
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २४, २०७६  १७:३५
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइनमार्फत् विद्युत प्रयोग गर्दै आएर पनि वर्षौंदेखि महसुल नतिरेका उद्योगलाई महसुल तिर्न पत्राचार गर्न थालेपछि निजी क्षेत्रका उद्योगी/व्यवसायीहरु विरोधमा उत्रिएका छन्।

ट्रंकलाइनमार्फत् विद्युत सुविधा लिएर साधारण ग्राहकसरह महसुल तिर्दै आएका उद्योगलाई प्राधिकरणले ट्रंकलाइन बापतको महसुल तिर्न भन्दै पत्राचार गरिरहेको छ। 

प्राधिकरणले चालेको उक्त कदम र व्यवसायीहरुले तिर्नुपर्ने विद्युत महसुल दररेटका सम्बन्धमा निजी क्षेत्रका तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वक्तव्य जारी गरेका छन्।

तीन छाता संगठनले महासंघको प्रधान कार्यालयमा प्राधिकरणको निर्णय गलत भएको भन्दै त्यसलाई सच्याउनुपर्ने समेत माग राखेका छन्।

व्यवसायीहरुले जारी गरको वक्तव्यमा भनिएको छ, ‘विद्युत महसुल नियमावली-२०७३ को नियम ५ बमोजिम डेडिकेटेड फिडर सरहको कुनैपनि माग, सम्झौता नगरी अन्य गैर औद्योगिक ग्राहकसरह लोडसेडिङको समयमा उद्योग बन्द गरी बसेका उद्योगीहरुलाई विद्युत महशुल संकलन नियमावली २०७३ को नियम ५ को उपनियम २ बमोजिम मासिक सेवाशुल्क डिमान्ड शुल्क र ईनर्जी शुल्कमा बिलिङ गर्ने भनी लेखिएको पत्र त्रुटिपूर्ण छ।’

आफूले प्रयोग नै नगरेको विद्युत्का लागि महसुल तिर्न प्राधिकरणले गरेको परिपत्र नै त्रुटिपूर्ण रहेको व्यवसायीहरुको भनाइ छ। लिँदै नलिएको सुविधामा विद्युत महसुल लगाएका कारण प्राधिकरणको कदम कानुन विपरित रहेको उनीहरुको भनाइ छ।

प्राधिकरणले यस्तो महसुल लगाउने निर्णय तत्काल खारेज नगरे मुलुकभरका सबै उद्योगहरु घराशायी हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन्। ‘यो समस्याको निराकरण यथाशीघ्र नभएसमस्त उद्योगहरु बन्द हुन जानेछन् र यसबाट समग्र राष्ट्रको अर्थतन्त्र नै धराशायी हुन जाने निश्चित छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

ट्रंकलाइन तथा डेडिकेटेड लाइनबाट विद्युत लिएका आधारमा उपभोक्ताले थप विद्युत महसुल तिर्नुपर्ने व्यवस्था छ। ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको समयमा दैनिक २० वा सोभन्दा बढी समय विद्युत उपभोग गर्न विद्युत महसुल विनियमावलीको दफा ५ अनुसार निवेदन लिई  प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भएको ग्राहक तथा उपभोक्ताले मात्र डेडिकेटेड तथा टंकलाईनबाट थप विद्युत महशुल तिर्नु बुझाउनुपर्ने हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

तर उद्योगीहरुले निवेदन नै नदिएको र सम्झौता पनि नगरेको साथै लोड सेडिङको समयमा २० घन्टाभन्दा बढी विद्युत उपभोग गर्नसमेत नपाएको हुनाले डेडिकेटेड तथा ट्रंकलाइनबाट डेडिकेटेडमा जोडिएको आधारमा मात्र थप विद्युत महशुल लगाउनु उपयुक्त नभएको उनीहरुको भनाइ छ।

व्यवसायीहरुले प्राधिकणलाई नियमित रुपमा बुझाउनुपर्ने महशुल दस्तुर बुझाइरहेको र कुनैपनि बाँकी बक्यौता नराखेकोसमेत जिकिर गरेका छन्।

प्राधिकरणले दोहोरो चरित्र देखायो

व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणले दोहारो खालको चरित्र देखाएको पनि आरोप लगाएका छन्।

‘ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत आपूर्ति भएको भन्दै थप शुल्क, दस्तुरको बिलिङ गर्दासमेत प्राधिकरणले सबै उद्योगलाई एकै किसिमको विलिङ गराएको पाईएको छैन,’ वक्तव्यमा भनिएको छ।

प्राधिकरणले बिलिङ गर्दा कुनै उद्योगलाई साधारण दर कायम गरी बिलिङ गरेको, कुनैलाई ट्रंक डेडिकेटेड लाईन लिएका सरह गरी बिलिङ गरेको, कुनै उद्योगलाई पत्राचार मात्र गरेको तथा कसैलाई पत्रसहितको बिल पठाएको उनीहरुको भनाइ छ।

‘कुनै उद्योगले साधारणसरह दस्तुर तिर्दा बुझिलिएको, कुनैलाई थप अतिरिक्त दस्तुरसमेत बुझाए मात्र बुझ्छौं भनी महसुल बुझ्न इन्कार गरेको अवस्था छ। यसबाट विद्युत प्राधिकरण स्वयं उद्योगहरुसँग के, कसरी, कुन दरमा दस्तुर महशुल उठाउने भन्ने विषयमा प्रस्ट देखिदैन,’ वक्तव्यमा उल्लेख छ।

डेडिकेटेड र ट्रंकलाइनमा के फरक छ? 
प्राधिकरणले उद्योगहरूलाई विद्युत उपलब्ध गराउँदा डेडिकेटेड फिडर र ट्रंकलाइन गरी दुई तरिकाले उपलब्ध गराउँदै आएको छ। ११ केभीदेखि ३३ केभी भोल्टेजसम्म विद्युत माग गर्ने उद्योगीलाई डेडिकेटेड फिडरमार्फत विद्युत दिने गरिएको छ। यो प्रणालीबाट विद्युत लिन चाहने ग्राहकले आफ्नै खर्चमा प्राधिकरणको नजिकको सबस्टेसनबाट लाइन लिनुपर्ने हुन्छ। 

ट्रंकलाइन ६६ केभी क्षमताभन्दा माथिको हुन्छ। यस्तो लाइनमा प्राविधिक समस्या बाहेक कहिल्यै विद्युत कटौती हुँदैन। एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म प्रत्यक्ष जोडिएका यस्ता लाइनमा डेडिकेटेड फिडरमा जस्तो विद्युत कटौती गर्न पाईंदैन। 

डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोग गर्ने ग्राहकहरुको विद्युत महसुल पनि फरक हुन्छ। विद्युत महसुल संकलन नियमावली, २०७३ को अनुसूची १ (क) अनुसार  ट्रंकलाइनको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना २ सय ६५ रुपैयाँ र इनर्जी शुल्क १२ दशमलव ५० रुपैयाँ तोकिएको छ। सोही अनुसूचीको खण्ड (ख) मा ट्रंकलाइनबाट आपूर्ति भएको विद्युत टिओडी मिटर प्रयोग गरी उपभोग गरे बिहान, दिउँसो र रातीको फरक–फरक शुल्क तोकिएको छ। 

'पिक आवर' मानिने साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रतियुनिट १५ दशमलव ५० रुपैयाँ, 'अफ पिक' समय मानिने राती ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट ६ दशमलव ६० रुपैयाँ र अरु समय अर्थात् बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म प्रतियुनिट १२ दशमलव ५० रुपैयाँ शुल्क तोकिएको छ।

यो पनिः

३ वर्षयता विद्युत महसुल नतिरेका ५ कम्पनी अदालतमा, साढे ४ अर्ब बक्यौता

ट्रंकलाइन विद्युत महसुल मिनाहा गर्ने निर्णय भएको छैन : प्राधिकरण

विद्युत महसुल विवाद : उद्योगी घरानाको पक्षमा अदालत, कुलमानको भ्याकेट सर्वोच्चद्वारा खारेज

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति, आज दिउँसो एकता घोषणा हुने शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्