• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विद्युत महसुल विवाद : उद्योगी घरानाको पक्षमा अदालत, कुलमानको भ्याकेट सर्वोच्चद्वारा खारेज 

यी हुन् महसुल बक्यौता रहेका कम्पनी
64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  १०:००
1140x725

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको 'डेडिकेटेड' बिजुलीको सुविधा लिएको तर महसुल नतिरेको भनी सुरु भएको विवादमा अदालत व्यापारिक घरानाको पक्षमा देखिएको छ। 

सर्वोच्च र उच्च अदालतले प्राधिकरणले करिब ५ अर्ब रुपैयाँ बक्यौता तत्काल बुझाउनु भनी गरेको दाबीलाई कार्यान्वयन नगर्न  आदेश जारी गरेपछि उद्योगीहरुले आफूलाई न्याय भएको दाबी गरेका छन् भने प्राधिकरणले महसुल असुल गर्न अब समस्या हुने दाबी गरेको छ।  

बैसाख ११ गते न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले दुवै निवेदन खारेज हुने फैसला सुनाएको थियो। सर्वोच्चको यो फैसलाले उद्योगीहरुलाई तत्काल महसुल बुझाउन नपर्ने भएको छ भने प्राधिकरणले ताकेता गर्न नपाउने भएको छ। 

प्राधिकरणले नियमविपरीत सुविधै नलिएकोमा डेडिकेटेड सरह महसुल तिर्न पत्राचार गरेको भन्दै उद्योगीहरु धमाधम अदालत पुगरे अन्तरिम आदेश लिएका छन्। राज्यकोषमा जम्मा हुनुपर्ने रकममा उद्योगीहरुले अदालतको सहारामा गैरकानुनी लिएको दाबी गर्दै प्राधिकरणका निर्देशक कुलमान घिसिङ आफै सर्वोच्च पुगे पनि अदालतले उनको निवेदन खारेज हुने आदेश गरिदिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेन्ट र जगदम्बा सिमेन्टविरुद्ध प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैले सर्वोच्चमा बैसाख ६ गते भ्याकेटको निवेदन दायर गरेका थिए। उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अदालतमा विचराधीन विषयमा फैसला गर्ने भन्दै रिट निवेदन पहिलो सुनुवाइमै खारेज गर्ने आदेश गरेको हो। 

प्राधिकरणले मुरार्काको सिमेन्ट कम्पनी अर्घखाँचीले ४२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको दाबी गर्दै आएको छ। त्यस्तै जगदम्बा सिमेन्टको २ अर्ब ५० करोड बक्यौता रहेको प्राधिकरणको दाबी छ। जगदम्बा शंकर ग्रुपको कम्पनीको उत्पादन हो। साहिल अग्रवालले उक्त कम्पनीको नेतृत्व गर्दै आएका छन्। 

१० अर्ब जोखिममा 
विद्युत प्राधिकरणले यसरी पाउनुपर्ने रकम १० अर्ब बराबर रहेको छ। यसमा नाम चलेका सबै औद्योगिक घराना रहेका छन्। यीबाहेक अन्य नाम चलेका १६ कम्पनीविरुद्ध प्राधिकरण सर्वोच्च जाने तयारीमा रहेको थियो। पहिलो चरणमा दुई कम्पनीविरुद्ध प्राधिकरणले सर्वोच्चमा मुद्दा दायर गरेको र दोस्रो चरणमा अन्य कम्पनीसवरुद्ध जाने प्राधिकरणले जनाएको छ। 

एउटै जिल्लाबाट साढे ४ अर्ब बक्यौता 
बारा जिल्लामा सञ्चालित ५ उद्योगले मात्र प्राधिकरणलाई साढे ४ अर्ब रुपैयाँ महसुल तिर्न बाँकी छ। बढी सेवा सुविधा लिएर पनि विद्युत महसुल तिर्न अटेरी गरिरहेका त्यस्ता कम्पनीमार्फत बक्यौता असुल गर्न प्राधिकरण सर्वोच्च जान लागेको प्राधिकरण स्रोतले जानकारी  दिएको छ।

‘मुलुकभर १० अर्ब रुपैयाँ बराबर महसुल बक्यौता उठाउन सकिएको छैन। पछिल्लो समय व्यवसायी पनि अदालत गएर न्यायाधीशलाई नै प्रभावित बनाई आफ्नो पक्षमा फैसला गराउन लागिपरेका छन्। प्राधिकरणको विपक्षमा फैसला आए हामी सर्वोच्च जाने तयारीमा छौं,’ स्रोतको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

बारा जिल्लामा फलामे छड उत्पादन गर्दै आएका ४ वटा कम्पनी अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, जगदम्बा स्टिल र सूर्य नेपाल चुरोट कारखानाले मात्र ४ अर्ब बढी विद्युत महसुल तिर्न बाँकी छ।

अदालत देखाउँदै कर तिर्न अस्वीकार 
ती कम्पनीले प्राधिकरणलाई बक्यौता तिर्न नपर्ने भन्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका छन्। त्यसैगरी अर्को कम्पनी हिमाल स्टीलले पनि प्राधिकरण विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

पछिल्लो तीन वर्षयताको महसुल छली गर्दै आएका उद्योगलाई प्राधिकरणले पत्राचार गर्दै महसुल तिर्न ताकेता गर्दै आएपछि उनीहरु अदालतको साहारा लिएर कर तिर्न आनाकानी गर्दै आएका छन्। 

अदालतले समयमा फैसला नगर्दा प्राधिकरणको रकम जोखिममा रहेको छ। व्यवसायीले  प्राधिकरणलाई अचानक यति ठूलो रकम महसुल तिर्न बाँकी रहेको पत्र काट्नु गैरकानुनी जिकिर गर्दै  २०७३ माघमा उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।  उनीहरुको निवेदनमा सामान्य ग्राहकसरह महसुल तिर्दै आएका व्यवसायीलाई ट्रंक लाइनकै दरमा शुल्क तिर्न प्राधिकरणले पत्राचार गर्नु गैरकानुनी भएको जिकिर गरेपछि अदालतले उनीहरुको पक्षमा आदेश गरेको थियो। व्यवसायीहरुको मुद्दामा  उच्च अदालत जनकपुरले निषेधाज्ञा जारी गरी तत्काल महसुल नतिर्नु भनी अन्तरिम आदेश जारी गरेको थियो। 

२०७२ सालदेखिको महसुल पाएन प्राधिकरणले
२०७२ साल अघि ती उद्योगीले ‘डेडिकेटेड’ महसुल तिर्दै आएका थिए। तर, विद्युत संकलन विनियमावली २०७३ ले ट्रंकलाइन परिभाषित गरेपछि सोही अनुसार विद्युत महसुल निर्धारण हुँदै आएको छ। ट्रंकलाइन व्यवस्था लागू हुनुभन्दाअघिको विद्युत महसुल समेत उद्योगीहरुले तिरेका छैनन्।

विद्युत संकलन विनियमावली २०७३ अनुसार २० घन्टा वा सोभन्दा बडी समय ट्रंक प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिन छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार प्राधिकरणले आफूहरुसँग त्यस्तो कुनै सम्झौता नभएको उद्योगीहरुको भनाइ छ।

तर, नेपाल विद्युत प्राधिकरणले भने ट्रंकलाइनका लागि सम्झौता भएको र प्राधिकरणले गरेको बिलिङ विधिसंगत भएको दाबी गरेको छ। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ती उद्योगलाई सामान्य ग्राहकभन्दा बढी सुविधा प्राधिकरणले उपलब्ध गराएको छ। 'यसरी बढी सुविधा लिएर साधारण ग्राहकसरह नै महसुल तिर्छु भन्न मिल्दैन,' प्रवक्ता अधिकारीको भनाइ छ।

यी हुन बक्यौता रहेका कम्पनी
सम्राट सिमेन्ट– ६ करोड ५० लाख रुपैयाँ
जगदम्बा स्टील– २ अर्ब ५० करोड रुपैयाँ
हामा आइरन– ९ करोड रुपैयाँ
अशोक स्टील–२३ करोड रुपैयाँ
सूर्य नेपाल–६ करोड ५० लाख रुपैयाँ
हुलास स्टील–२२ करोड रुपैयाँ
कसमस सिमेन्ट–१३ करोड
मारुती सिमेन्ट –६० करोड रुपैयाँ
एभरेस्ट थ्रेसर मिल– १३ करोड रुपैयाँ
घोराही सिमेन्ट– ७५ करोड रुपैयाँ
सोनापुर सिमेन्ट– ४० करोड रुपैयाँ
अर्घाखाँची सिमेन्ट– ४२ करोड रुपैयाँ
जगदम्बा सेन्थेटिक– २० करोड रुपैयाँ
त्रिवेणी स्पिनिङ मिल– ३० करोड रुपैयाँ
शिवम् सिमेन्ट– ३१ करोड ६६ लाख

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
आज तीन संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति, आज दिउँसो एकता घोषणा हुने शुक्रबार, वैशाख २५, २०८३
नारायणगढ-मुग्लिन सडक अवरुद्ध शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्