भद्रपुर- झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरलाई लक्षित गरी सुतली बम विस्फोट भएको छ। उनी झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।
गएराति करिब १२ः४५ बजे घर नजिकै पछाडिपट्टि सो विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटबाट कुनै क्षति भने भएको छैन। विस्फोट गराएको आशंकामा एक जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।