काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत हुनेगरी ६ जना उपसचिवको काज सरुवा गर्ने निर्णय अविलम्ब बदर गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले आयोगको स्वीकृति नलिई तीन जना प्रमुख जिल्ला अधिकारी सहित ६ जना उपसचिवलाई काज सरुवा गर्ने निर्णय गरेको थियो।
आयोगले यसअघि कर्मचारीको काज सरुवा गर्ने निर्णयको सक्कल फाइल उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको थियो। सरुवासम्बन्धी फाइल प्राप्त भएपछि आयोगले काज सरुवा अविलम्ब बदर गर्न निर्देशन दिएको हो।
आयोगका सहसचिव नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयबाट माग भए बमोजिमको काज सरुवाको लागि सहमति प्रदान नगरिएको सन्दर्भमा आयोगबाट सहमति नलिई गरिएको काज सरुवा तुरुन्त बदर गरी सो को जानकारी यस आयोगमा गराउन पत्राचार गर्ने निर्णय गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।