नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार आफ्नो गृहराज्य गुजरातमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्।
गुजरातमा आउँदो डिसेम्बर ९ तारिखमा हुने निर्वाचनका लागि मोदीले प्रमुख प्रतिपक्षी पार्टी भारतीय कंग्रेसका विरुद्धमा केन्द्रित गर्दै प्रचार अभियान सुरु गरेका हुन्।
निर्वाचनको अन्तिम नतिजा भने आउँदो डिसेम्बर १८ मा घोषणा गर्ने कार्यतालिका छ। गुजरात राज्यमा हाल केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)कै सरकार छ।
गुजरातको कुट्च जिल्लामा हजारौं समर्थक सहभागी रहेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले गुजरातमा विकास र राजवंशीयका बीच निर्वाचन हुन लागेको बताए। उनले आफ्नो मन्तव्य भारतीय कंग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीप्रति लक्षित गर्दै त्यसो भनेका थिए।
गुजरातमा वरिष्ठ नेता गान्धीले पनि आफ्नो पार्टीको जित सुनिश्चित भएको भन्दै चुनावी अभियान चलाइरहेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।