काठमाडौँ- प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो चरणमा मतदान सम्पन्न ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ।
यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
मंसिर १० मा सम्पन्न मतदानमा ६५ प्रतिशत मतदान भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।