कायरो – इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा गत शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणमा परी २७ बालबालिकासहित ३०० भन्दा बढीको मृत्यु भएको छ।
यस भयानक आक्रमणपछि इजिप्ट शोकमग्न भएको छ । साथै सर्वसाधारण डर र त्रासले भयभित भएका छन् । यद्यपी सुरक्षामा कडाई गरिएका तापनि सर्वसाधारणमा भय फैलिएको छ।
यस मानवताविहीन आक्रमणमा परी ३०५ व्यक्तिको मृत्यु भइसकेको छ अन्य १०० भन्दा बढी घाइते भएका छन्।
यस आक्रमणको इस्लामिक अतिवादी समूहले जिम्मा लिएका छन् । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सक स्रोतले जानकारी दिएको छ।
प्रार्थनाका लागि भेला भएका मुस्लिम धर्मावलम्वी ठूलो संख्यालाई लक्षित यो आक्रमण भएको थियो।
गत चार वर्षयता इस्लामिक स्टेट्स ९आईएस०द्वारा भएका घटनामध्ये यो सबैभन्दा ठूलो घटना भएको बताइएको छ।
इजिप्टमा केही बर्ष यता आइएसका लडाकूले गरेको आतङ्ककारी आक्रमणमा परी सयौँ प्रहरी, सैनिक र आम नागरिकको हत्या भइसकेको छ।
आक्रमणमा परी शुक्रबार मारिएका र घाइते भएका सबै जना सर्वसाधारण तथा प्रार्थनाका लागि भर्ना भएका व्यक्ति रहेका छन्।
इजिप्टमा आइएस लडाकू समूहले आम नागरिक र सुरक्षाकर्मीहरूलाई नै लक्षित गरी लगातार आक्रमण गर्दै आइरहेका छन्।
सरकारी समाचार संस्थाका अनुसार आक्रमणकारीले उत्तरी गाउँ अल रावडामा रहेको मस्जिदमा प्रवेश गरी बम पड्काउनुका साथै गोली प्रहार गरेका थिए।
आक्रमणकारीले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेको अनुमान गरिएको छ। रासस ÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।