आडेन- दक्षिण यमनमा एक हवाई आक्रमणमा परी कम्तीमा ७ सन्दिग्ध अलकायदा आतङ्ककारीहरु मारिएका छन्।
यमनमा चालकरहित विमानद्वारा आतङ्ककारीलक्षित कारबाही प्रायः संयुक्त राज्य अमेरिकाले गर्दै आएको पाइन्छ। दक्षिण प्रान्त शाब्वाबाट बेदातर्फ गइरहेको तीन वटा सवारी साधानलक्षित भएको चालकरहित विमान कारबाही पनि सम्भवत: अमेरिकी बलद्वारा नै भएको अधिकारीहरुले बताएका छन्।
यमनमा सरकारलाई समर्थन गर्दै सन् २०१५ को मार्चबाट साउदी अरेबियाले आतङ्ककारीलक्षित चालकरहित विमान आक्रमण गर्दै आएको छ।
यस कारबाहीमा परी सो समयदेखि हालसम्म ८ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने अरु हजारौंको सङ्ख्यामा घाइते भएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।