कायरो- इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा गत शुक्रबार भएको विस्फोटमा २७ बालबालिकासहित तीन सयभन्दा बढीको मृत्यु भएपछि इजिप्टभरि शोक छाएको छ।
घटनामा ३०५ जनाको मृत्यु भएको थियो भने एक सय जना घाइते भएका थिए। घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

आक्रमणपछि सुरक्षा व्यवस्थामा कडाइ गरिए पनि सर्वसाधारण त्रासबाट मुक्त हुन सकेका छैनन्। आक्रमणको इस्लामिक अतिवादी समूह इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको छ।
शुक्रबारको प्रार्थनाका लागि भेला भएका मुस्लिम धर्मावलम्बीहरुको ठूलो संख्यालाई लक्षित गर्दै आक्रमण गरिएको थियो। आक्रमणकारीले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेको अनुमान गरिएको छ।
विगत चार वर्षयता आइएसले गरेका घटनामध्ये यो सबैभन्दा ठूलो भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।