साङ्घाई- चीनको साङ्घाई सहरबाट दक्षिणी भागमा पर्ने बन्दरगाह सहर निङ्गबोस्थित एक कारखानामा आइतबार भएको बम विस्फोटमा दुई व्यक्तिको मृत्यु भएको छ।
जिआङ्बे जिल्लामा अवस्थित सो कारखानामा स्थानीय समयानुसार बिहान ९ बजे विस्फोट भएको थियो। सो घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् भने कैयौं भवन ध्वस्त भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यम र स्थानीय अधिकारीले जनाएका छन्। घाइतेको निङ्गबोका अस्पतालहरुमा उपचार भइरहेको छ।
निङ्गबो सरकारका अनुसार यस शक्तिशाली विस्फोटको विस्तृत विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।