सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको एक मतदान केन्द्रमा २ राउन्ड हवाइफायर भएको छ।
निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएपछि प्रहरीले २ राउन्ड हवाइफायर गरेको हो।
मतदाता सूचीमा नाम नभए पनि परिचयपत्र लिएर भोट हाल्न आएका केही व्यक्तिले विवाद सुरु गरेपछि झडपको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए।
अहिले अवस्था सामान्य भएको र २ बजेपछि मतदान प्रक्रिया पुन: सुरु भएको उनले बताए। सो केन्द्रमा हालसम्म ५५ प्रतिशत मतदान भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।