काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्तहरुले आइतबार पहिलो चरणमा ३२ जिल्लामा जारी निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका छन्।
प्रमुख आयुक्त यादवका साथै आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह प्रत्यक्ष निगरानीमा बसेका हुन्।
उनीहरुले मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै निर्देशन दिनेगरी आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर प्रत्यक्ष निगरानी गरिरहेका छन्।
प्रमुख आयुक्त तथा आयुक्तहरुले मतदानमा भइरहेको प्रगतिको जानकारी लिने र मतदानलाई निष्पक्षरुपमा सञ्चालन गराउन सम्बद्ध पदाधिकारीलाई तत्कालै निर्देशन दिने कार्य भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।