सिन्धुपाल्चोक- संघीय संरचना अनुसार पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ। सिन्धुपाल्चोकमा दुई वर्षअघिको भूकम्पमा परी घाइते भएकाहरु पनि मताधिकारको प्रयोग गर्न मतदान केन्द्र पुगेका छन्।
भूकम्पमा अपांग भएका २६ वर्षीय राजेन्द्र माझी र तेजनाथ दाहालले मेलम्ची १० स्थित शिखरपुर मतदान केन्द्रमा भोट हालेका हुन्। उनीहरु दुवै मेलम्ची १० का हुन्।
दाहाल बैशाखी टेक्दै मतदान केन्द्र आएका थिए। परिवारका सहयोगीका साथमा ह्विलचियरमा आएका माझीले पहिलो पटक मताधिकारको प्रयोग गरेका हुन्। पहिलो पटक भोट हाल्न पाउँदा खुसी लागेको उनले प्रतिक्रिया दिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।