सिन्धुपाल्चोक- लोकतान्त्रिक र वाम गठबन्धनबीच विवाद चर्किएपछि अवरुद्ध पाँचपोखरी गाउँपालिकास्थित लागर्चेको मतदान प्रक्रिया केही बेरअघि सुरु भएको छ।
लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच हिजो भएको झडपको विषयलाई लिएर विवाद बढेपछि मतदान प्रक्रिया बिहानदेखि अवरुद्ध थियो। विवाद समाधान गरी मतदान प्रक्रियालाई अगाडि बढाउने विषयमा सर्वदलीय बैठकमा दुई पक्षबीच सहमति भएपछि अहिले शान्तिपूर्ण मतदान भइरहेको छ।
हिजोको झडपका क्राममा लोकतान्त्रिक गठबन्धन समर्थक हरिशरण थापा र सुभाष खड्का घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।