हरारे- जिम्बावेको उच्च अदालतले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिनु संवैधानिक नै भएको ठहर गरेको छ।
सेनाले अर्का नेतालाई राष्ट्रपतिको रुपमा जिम्मेबारी दिएको भोलिपल्ट अदालतको यस्तो निर्णय सार्वजनिक भएको हो।
'पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको सत्तालाई नियन्त्रणमा लिने सेनाको कदम संबैधानिक नै छ,' अदालतलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।
जिम्बावेका धेरै जनताले पनि सेनाको कदम सही भएको भन्दै देशभर सुखीयाली मनाएका थिए।
जिम्बावेको सेनाले नोभेम्बर १५ मा ९३ वर्षीय तत्कालिन राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिएर मंगलबार राजीनामा गर्न बाध्य पारेको थियो। राजीनामासँगै जिम्बावेमा मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको छ। नयाँ राष्ट्रपतिको रुपमा अर्का नेता इमेर्सन मनाङ्गाग्वाले जिम्मेवारी सम्हालेका छन्।
उनले गत शुक्रबार मात्रै जिम्बावेको नयाँ राष्ट्रपतिका रूपमा शपथ लिएका हुन्। धेरैले अब जिम्बावेमा नयाँ युगको सुरुवात भएको बताएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।