कायरो- इजिप्टको एउटा मस्जिदमा भएको बम हमलामा परी मृत्यु हुनेको संख्या ३०५ पुगेको छ। मृत्यु हुनेमा २७ जना बालबालिका छन्। विस्फोटमा १२८ जना घाइते भएको सरकारी संचार माध्यमहरुले जनाएका छन्।
घटनामा परी घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ।
घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने चिकित्सकहरुको अनुमान छ। आतंकवादी संगठन आइएसले इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सिनाई स्थित एउटा मस्जिदमा शुक्रबार बम र गोली प्रहार गरेको थियो।
आक्रमणकारी आइएस लडाकूहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेर हिंसात्मक हमला गरेका हुन्। हमलापछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।