काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्ति-सुरक्षाको पूर्ण व्यवस्था गरेकाले ढुक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका छन्।
प्रधानमन्त्री देउवाले शनिबार विज्ञप्ति जारी गर्दै मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नागरिकहरुलाई आह्वान गरेका हुन्।
'सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु', विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री देउवाले निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सबैलाई आग्रह समेत गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।