काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न जिल्लामा सञ्चारकर्मीहरु पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले सो विषयमा आवश्यक अनुगमन गरिरहेको पनि जनाएको छ।
‘शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
मंसिर १० गते हुने प्रथम चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई संयमित र शान्तिपूर्ण ढंगबाट अगाडि बढाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
आयोगले सम्पूर्ण मतदाताहरुलाई निर्भयतापूर्वक आफ्नो मताधिकारको प्रयोग गर्न समेत आग्रह गरेको छ।
आयोगले प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लामध्ये २७ वटा जिल्लामा निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्न आयोगका अधिकृतसहितको टोलीहरु खटिइसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।