काठमाडौं- ५४ वटा आम सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरू हुनु अघिसम्म ५४ सञ्चारमाध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ।
कात्तिक २६ गतेदेखि नै अनुगमन गरिएको जनाउँदै काउन्सिलले ती सञ्चारमाध्यबाट आचारसंहित उल्लंघनका १ सय १३ घटना भएको उल्लेख गरेको छ। जसमा छापाबाट ३४, रेडियोबाट ३२, टिभीबाट २७ र ५ वटा अनलाइनबाट २० वटा आचारसंहिता उल्लंघनका घटना भएका छन्।
ती सञ्चारमाध्यमले राजनीतिक दल तथा उम्मेदवारका चुनावी कार्यक्रमको प्रत्यक्ष/प्रसारण गरेको, विज्ञापन प्रकाशन प्रसारण गरेको, असन्तुलित समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाइ छ।
आचारसंहिता उल्लंघन गर्ने कतिपय सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधी ध्यानाकर्षण समेत गराइएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।