सोल- अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना ६ वटा लडाकु विमान दिने भएको छ।
ती जेट विमान अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय सञ्चारमाध्यम ‘वाइटिएन’ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृत गर्दै जानकारी दिएको छ।
दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकु विमान जापानको ओकिनावा एयर शिविरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।