रुकुम- रुकुममा भएको जिप दुर्घटनामा नवदम्पती सहित ७ जनाको मृत्यु भएको छ।
रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुमपश्चिमको सदरमुकाम मुसिकोट हिँडेको गरेको ग १ ज ४२६० नम्बरको जिप मुसिकोट नगरपालिका-६ कालिमाटीमा शुक्रबार राति दुर्घटना हुँदा दम्पतीसहित ७ जनाको मृत्यु भएको हो। जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो।
ज्यान गुमाउनेहरुमा सिस्ने गाउँपालिका-६ का नवीन श्रेष्ठ र उनकी पत्नी अनिता प्रधानसहित अन्य रहेका छन्। उनीहरु दुवै प्रहरी निरीक्षक हुन्, उनीहरुबीच तीन दिनअघि मात्रै बिहे भएको थियो।
अन्य मृतकहरुमा मुसिकोट नगरपालिका-१ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, सुरेखा शाह र यमुना मल्ल रहेका छन्।
दुर्घनामा घाइते चालक तुल्सीपुर दाङका प्रेम थापा, सहचालक मग्मा निवासी प्रेम केसी र टेकबहादुर खत्रीको उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।