कायरो- इजिप्टको उत्तरी सिनाई प्रान्तस्थित मस्जिदमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २ सय ३५ नाघेको छ। घटनामा परी १ सय ३० भन्दा बढी घाइते भएको इजिप्टको सरकारी समाचार संस्था 'मेना'ले जनाएको छ ।
मस्जिदमा प्रार्थनाका लागि भेला भएका बेला मुस्लिम धर्मावलम्बीहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै मस्जिदमा बम विस्फोट गराइएको थियो।
प्रत्यक्षदर्शी इब्राहिम शेट्वेले भने, 'दृश्य एकदमै भयानक थियो। घाइतेहरुलाई हामीले पिकअप, निजी कार जे भेट्यौं त्यसमै अस्पताल पुर्यायौं।' घाइतेहरुमो विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। केही गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।
आक्रमणको निन्दा गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विट गर्दै भनेका छन्, 'प्रार्थना गरिरहेका निर्दौषहरुमाथिको यो कायरतापूर्ण आतंकवादी हमला र आतंकवादलाई विश्वले सहन सक्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।