ताइपेई – उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी कम्तीमा पनि ९ जनाको मृत्यु हुनुका साथै अन्य दुईजना सामान्यरुपमा घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ ।
९ तले उक्त आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ । यसको कारणबारेमा प्रहरीले खोजी शुरु गरेको बताइएको छ।
ताइपेई शहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी शुरु भएको थियो।
यस अपार्टमेन्टमा प्रायः विदेशी कामदारहरुको बसोबास रहँदै आएको जनाइएको छ । सो अपार्टमेन्टमा बस्दै आएका एक ४९ वर्षीय विदेशीलाई आगलागी गराएको आशंकामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।