काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
विज्ञप्ति जारी गर्दै राप्रपाले अध्यक्ष प्रचण्डलाई राजनीति र अन्य विषयमा आवश्यक सल्लाह दिने सो पार्टीका नेता प्रकाशको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।
पार्टी प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा सगरमाथा आरोही समेत रहेका प्रकाशको निधनमा श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।
यसअघि पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पनि ट्विटरमार्फत प्रकाशको निधनप्रति समवेदना व्यक्त गरेका थिए।
यस्तै, राप्रपा (प्रजातान्त्रिक) ले दाहालको निधनमा दुःख व्यक्त गरेको छ। पार्टीका महामन्त्री राजाराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै दाहालको निधनले आफ्नो पार्टी स्तब्ध रहेको उल्लेख गरेका छन्।
एकीकृत राप्रपा (राष्ट्रवादी)ले पनि शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।