काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डपुत्र प्रकाश दाहालको निधनमा गहिरो दुःख प्रकट गरेका छन्।
अध्यक्ष ओलीले ट्विट गर्दै दुःख प्रकट गरेका हुन्। उनले ट्विटमा लेखेका छन्- 'माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ।'
ओलीले प्रकाशप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
प्रकाशको आइतबार बिहान आकस्मिक हृदयाघातका कारण निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।