काठमाडौं- चुनाव प्रचारका कञ्चनपुरमा रहेकी बिना मगर श्रीमान् प्रकाशको निधनको खबर पछि काठमाडौं आइपुगेकी छिन्।
उनी रुँदै-रुँदै र दौडिँदै नर्भिक अस्पताल भित्र प्रवेश गरेकी हुन्। उनी 'केही पनि भएको छैन' भन्दै डाँको छोडेर रुँदै प्रकाशको शव राखेको अस्पतालको आकस्मिक कक्षमा तर्फ अघि बढेकी थिइन्।



प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।