काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको शव राखिएको नर्भिक अस्पतालमा शुभचिन्तकको भीड छ। प्रकाशलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु नर्भिक अस्पताल पुगिरहेका छन्। यसैक्रममा माओवादी नेता गिरिराजमणि पोखरेल, रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा, एमाले नेता झलनाथ खनाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतका नेता नर्भिक पुगेका छन्। यस्तै, कलाकारहरु पनि प्रकाशलाई श्रद्धाञ्जली दिन नर्भिकमा पुगेका छन्।


प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।