काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गरेका छन्। ट्विट गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ' पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु।'
यस्तै समाजिक सञ्जालभरि प्रकाशको निधनप्रति नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रकाशलाई आज बिहान अचेत अवस्थामा घरमा भेटेपछि तत्काल नर्भिक अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउँदा उनको निधन भइसकेको अस्पतालले जनाएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।