पोखरा- पर्यटनको खास सिजन सुरु भइसकेको छ। यतिबेला नेपालका हिमाली सौन्दर्यको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकहरु ती सुन्दर गन्तव्य चहारिरहेका छन्।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको दृश्यपान गर्न पर्यटकहरुको लर्को लागेको छ। पोखरादेखि सिदिङ हुँदै, मर्दी हिमाल लो क्याम्प तथा बादलडाँडा हुँदै मर्दी हिमाल हाइक्याम्प भरपर्दो रुट हो। त्यहाँबाट ४५०० मिटर उचाइको मर्दी हिमाल बेसक्याप पुग्न सकिन्छ।

यो रुटबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकैबाट हेर्न सकिन्छ। यो रुटको फाइदा हिउँसँग खेल्दै हिमाल छुन खोज्नु पनि हो।

हाइक्याम्पबाट बेसक्याम्प जान बिहान ४ बजे नै हिँड्नुपर्छ नत्र दिउँसो बादल र हावाले यात्रालाई असहज बनाउन सक्छ।
पोखराबाट यो ट्रेकिङ रुटको दुरी जम्माजम्मी चार दिन हो। सो अवधिमा पोखरा नै फर्कन सकिन्छ।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।