• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एनपीएलका अधिकांश टोलीमा विदेशी प्रशिक्षक

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १८, २०८३  १७:२१
1140x725

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी प्राय सबैजसो फ्रेन्चाइज (टोली)मा विदेशी खेलाडीसँगै विदेशी प्रशिक्षकको उपस्थिति पनि बलियो देखिएको छ । 

प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये ६ वटा टोलीका मुख्य प्रशिक्षक नै विदेशी प्रशिक्षक छन् । साथै सबै टोलीमा कुनै न कुनै प्रशिक्षकका रुपमा विदेशीले भूमिका निर्वाह गरिरहेका छन् ।

आफ्नो टिमलाई बलियो बनाउन विदेशी प्रशिक्षक, सल्लाहकार तथा मेन्टरलाई जिम्मेवारी दिने गरिएको हो । 

विश्व क्रिकेटमा अनुभव हासिल गरेका प्रशिक्षक तथा पूर्वखेलाडीलाई टोलीमा भित्र्याउने फ्रेन्चाइजहरूको प्रतिस्पर्धाले एनपीएलमा अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक प्रशिक्षणको प्रभाव बढाएको छ।

एनपीएलका अधिकांश फ्रेन्चाइजले मुख्य प्रशिक्षकदेखि प्राविधिक तथा रणनीतिक भूमिकासम्म विदेशी अनुहारलाई प्राथमिकता दिएका छन् । 

आठ फ्रेन्चाइजमध्ये जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्वकप्तान तथा अनुभवी ब्याटर शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव हासिल गरेका चन्द्रपालको उपस्थितिले जनकपुरको ब्याटिङ रणनीति र खेलाडीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। 

जनकपुरले नेपाली प्रशिक्षक मनोज कटुवाललाई सहायक प्रशिक्षकका रूपमा समेटेको छ । त्यस्तै, श्रीलंकाली प्रशिक्षक पुवुदु दासानायके उच्च प्रदर्शन प्रशिक्षकका रूपमा आबद्ध छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं गोर्खाजले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षक बनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग पनि काम गरिसकेका देसाईसँग अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षणको अनुभव छ। काठमाडौंले नेपाली प्रशिक्षक बसन्त शाही ठकुरीलाई सहायक प्रशिक्षक तथा प्रकाश शर्मालाई प्राविधिक सहयोगको जिम्मेवारी दिएको छ ।

त्यसैगरी,लुम्बिनी लायन्सले भारतका टिनु योहाननलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटरसमेत रहेका योहाननसँग खेलाडी विकास र प्रशिक्षणको अनुभव छ।

लुम्बिनीले नेपाली क्रिकेटका पूर्वखेलाडी सुवास खकुरेललाई सहायक तथा ब्याटिङ प्रशिक्षक र शक्ति गौचनलाई सल्लाहकार प्रशिक्षकका रूपमा समेटेको छ।

पोखरा एभेन्जर्सले पनि विदेशी प्रशिक्षक तथा क्रिकेटका स्थापित व्यक्तित्वलाई आफ्नो टिममा जोडेको छ । भारतका राजीव कुमार मुख्य प्रशिक्षक रहेका पोखराले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सलाई सल्लाहकार तथा मेन्टरको जिम्मेवारी दिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरका रूपमा परिचित रोड्सको अनुभव पोखराका खेलाडीका लागि महत्त्वपूर्ण मानिएको छ। पोखराले नेपाली प्रशिक्षक रिजन प्रजुलाई सहायक प्रशिक्षकका रूपमा राखेको छ।

यसैगरी,विराटनगर किङ्समा श्रीलंकाका पुवुदु दासानायके र धम्मिका प्रसादको नाम प्रशिक्षकको भूमिकामा जोडिएको छ। टोलीले नेपाली प्रशिक्षक लाक्पा लामालाई सहायक प्रशिक्षक तथा दीपेन्द्र चौधरीलाई टिम निर्देशक तथा प्राविधिक जिम्मेवारी दिएको छ। 

चितवन राइनोजले नेपाली प्रशिक्षक कलाम अलीलाई मुख्य प्रशिक्षक बनाएको छ। भारतका उमेश पटवाल वरिष्ठ प्राविधिक प्रशिक्षक तथा नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकर सहायक प्रशिक्षकका रूपमा आबद्ध छन्। चितवनको प्रशिक्षक संरचनामा मुख्य जिम्मेवारी नेपालीलाई दिँदै विदेशी अनुभवलाई प्राविधिक पक्षमा उपयोग गर्ने रणनीति देखिन्छ।

कर्णाली याक्सले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। कर्णालीमा राजु बस्न्यात परामर्श प्रशिक्षक तथा कलाम अली सहायक वा विकास प्रशिक्षकको भूमिकामा रहेका छन्।

नेपाली क्रिकेटको अनुभवलाई आधार बनाएर टोली निर्माण गर्ने कर्णालीको प्रयासले घरेलु प्रशिक्षकको सम्भावनालाई पनि देखाएको छ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सले नेपाली प्रशिक्षक जगत टमाटालाई मुख्य प्रशिक्षक बनाएको छ। अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई टिम मेन्टर तथा रणनीतिक प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

नेपाली प्रशिक्षक विनोद दास सहायक प्रशिक्षक तथा स्थानीय सहयोगी प्रशिक्षक टोलीमा आबद्ध छन्। 

यसरी हेर्दा एनपीएलमा विदेशी प्रशिक्षकको उपस्थिति मुख्य प्रशिक्षकको भूमिकामा मात्रै सीमित छैन। टोलीहरूले ब्याटिङ, बलिङ, उच्च प्रदर्शन, प्राविधिक सहयोग, रणनीति र मेन्टरका रूपमा पनि विदेशी विज्ञलाई भित्र्याएका छन्। 

नेपाली प्रशिक्षकलाई अवसरको प्रश्न

एनपीएलमा विदेशी प्रशिक्षकको बढ्दो उपस्थितिलाई नेपाली क्रिकेटका लागि अवसर र चुनौती दुवै रूपमा हेरिएको छ ।

विदेशी प्रशिक्षकले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण पद्धति, खेल विश्लेषण, रणनीति निर्माण र खेलाडी व्यवस्थापनमा नयाँ अभ्यास भित्र्याउन सक्छन्। उनीहरूसँग काम गर्ने अवसरले नेपाली खेलाडी तथा प्रशिक्षकलाई पनि आफ्नो क्षमता विकास गर्न सहयोग पुग्न सक्छ।

विशेषगरी टी–२० क्रिकेटमा खेलको परिस्थिति छिटो परिवर्तन हुने भएकाले खेलाडीको क्षमता, विपक्षी टोलीको कमजोरी, ब्याटिङ क्रम, बलिङ परिवर्तन र फिल्डिङ रणनीतिमा प्रशिक्षकको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

अन्तर्राष्ट्रिय अनुभव भएका प्रशिक्षकको उपस्थितिले यस्ता विषयमा नेपाली खेलाडीले नयाँ कुरा सिक्ने अवसर पाउने नेपाली टोलीका अगुवाहरुको भनाइ छ । 

तर, विदेशी प्रशिक्षकको आगमनसँगै नेपाली प्रशिक्षकलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने विषयलाई पनि बेवास्ता गर्न नहुने आवाज पनि उठिरहेको छ ।

 नेपाली क्रिकेटको घरेलु संरचना, यहाँका खेलाडीको क्षमता, पिचको अवस्था र प्रतियोगिताको प्रकृतिबारे नेपाली प्रशिक्षक जानकार हुन्छन्। उनीहरूको यही अनुभवलाई व्यावसायिक क्रिकेटमा उपयोग गर्न सके नेपाली प्रशिक्षकको क्षमता र आत्मविश्वास दुवै बढ्न सक्ने अनुमान गरिन्छ । 

एनपीएलमा ज्ञानेन्द्र मल्ल, जगत टमाटा र कलाम अलीले मुख्य प्रशिक्षकको जिम्मेवारीलाई सकरात्मक मानिएको छ ।

उनीहरूजस्ता नेपाली प्रशिक्षकले फ्रेन्चाइज क्रिकेटमा नेतृत्व गर्ने अवसर पाउँदा भविष्यमा थप प्रशिक्षक तयार हुने आधार बन्ने अनुमान गरिन्छ ।

तर, अधिकांश टोलीमा नेपाली प्रशिक्षक सहायक वा प्राविधिक भूमिकामा सीमित हुनु नेपाली क्रिकेटको प्रशिक्षक विकासका दृष्टिले विचारणीय विषय मानिएको छ । 

तर एनपीएलको उद्देश्य केवल विदेशी खेलाडी र प्रशिक्षक भित्र्याएर प्रतियोगिताको आकर्षण बढाउनु मात्रै हुनु नहुने सरोकारवालाहरुको भनाइ छ । स्रोतः नेपाल न्यूज बैंक

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  १७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धरानमा ३१ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी
सम्बन्धित सामग्री
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालको ब्याटिङ फेरि एकपटक निकै कमजोर देखियो । यसअघि भ... मंगलबार, मंसिर ८, २०८३
वैभव सूर्यवंशीको असाधारण व्याटिङ, यूएईविरुद्ध मात्र ५३ रनमै दोहोरो शतक, एकै इनिङ्‌मा २८ छक्का २५० रनको लक्ष्य पछ्याउने क्रममा उनले मात्र ५३ बलमै दोहोरो शतक लगाएका छन् । ७ चौका र २८ छक्काको मद्दतमा उनले एक्लै २०४ रन बनाएपछि भार... मंगलबार, मंसिर ८, २०८३
रासिद खानले पाँच विकेट लिएपछि नेपालविरुद्ध पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट टस जितेर पहिला ब्याटिङ थरेको पाकिस्तानी टोली ४२ ओभरमा अलआउट हुँदै १६८ रनमै समेटियो । नेपाली टोलीले १६९ रनको लक्ष्य पाएको खो । मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने बुधबार, मंसिर ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, मंसिर ९, २०८३
धरानमा ३१ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ बुधबार, मंसिर ९, २०८३
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ बुधबार, मंसिर ९, २०८३
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्