काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको बताएका छन् । उनले सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन् ।
पत्रकारहरूले प्रतिपक्षी दल कांग्रेसको कार्यालयमा आएर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको शर्माको भनाई थियो ।
उनले पत्रकारहरू आफैँ सुरक्षित छन् कि छैनन् भनेर प्रश्न गरेका छन् ।
'प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि तेस्र्याउदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ शर्माले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने ।
पत्रकारहरू आफ्नो विमति खरो रूपमा राखिरहेको अपेक्षा उनको थियो ।
प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि पत्रकारहरूले आफ्ना असहमति र असन्तुष्टि अभिव्यक्त गर्न सक्नुपर्ने शर्माको भनाई छ ।
‘‘तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’ उनले प्रश्न पत्रकारलाई नै प्रश्न गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।