• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांगठनिक एकताका लागि गठित नेकपाका चारवटै कार्यदल असफल

64x64
किशोर दहाल शुक्रबार, फागुन १०, २०७५  १६:३६
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकताको लागि गठित चौथो कार्यदल पनि असफल भएको छ।

गत मंसिर २९ देखि पुस १३ गतेसम्म बसेको पार्टीको स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय कार्यदललाई शुक्रबार बसेको सचिवालयको बैठकले विघटन गरिदिएको हो। विघटनसँगै नेकपाको पछिल्लो कार्यदल पनि असफलतामा टुंगिएको छ।

गत जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि सांगठनिक एकतालाई सहज तुल्याउने प्रयोजनका लागि पटकपटक कार्यदल गठन गरिएको छ। तर, प्रायको अन्त्य भने आंशिक उपलब्धि हासिल गर्दै भएको छ।

पहिलो कार्यदल
जेठ ३ मा पार्टी एकता भएपछि जेठ १६ मा अपानि (अन्तर पार्टी निर्देशन) जारी गर्दै ७ प्रदेश, ७७ जिल्ला तथा २२ जनवर्गीय संगठन तथा प्रवासमा एकता गर्नका लागि कार्यदल गठन गर्‍यो। त्यसका लागि तत्कालीन एमाले र माओवादीका दुईदुई सदस्य रहेको सो कार्यदलले काम नै पूरा गर्न सकेन। 

पार्टीले प्रदेश र जिल्ला कमिटीहरुको एकताको लागि प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्री काफ्ले सदस्य रहनेगरी कार्यदल गठन गरेको थियो। त्यस्तै, प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह रहेको कार्यदल गठन गरेको थियो। प्रदेश ३ को कार्यदलमा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य थिए। 

गण्डकी प्रदेशमा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी सदस्य थिए। प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन सदस्य थिए। कर्णाली प्रदेशमा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा सदस्य थिए। र, सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य थिए। 

प्रवास कमिटीमा एकताका लागि भने नारायणकाजी श्रेष्ठ, बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक सदस्य थिए। 

प्रदेश र जिल्लाको एकीकरणको खाका तयार गर्न गठन भएको कार्यदलले सो तहका पदाधिकारी सहित सदस्यहरुको नामावली सहितको प्रतिवेदन पेस गर्नुपर्ने थियो। तर, केही बाहेकका कार्यदलले प्रतिवेदन नै बुझाउन सकेनन्। प्रदेश १ र २ तथा कतिपय जनसंगठनका कार्यदलले प्रतिवेदन बुझाउन सकेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो कार्यदल
पहिलो कार्यदललाई सहयोग गर्न दोस्रो कार्यदल गठन भएको थियो। जिल्ला स्तरमा गठन भएको यो कार्यदलमा तत्कालीन एमाले र माओवादीका पदाधिकारी सदस्य थिए। यो कार्यदलले जिल्लाको नेतृत्व र सदस्यहरुबारे सिफारिस गर्नुपर्ने थियो। तर धेरैजसो जिल्लामा यसले विवाद मात्रै निम्त्यायो। आकांक्षी धेरै हुने, पूर्व फरक पार्टीबीच तथा पार्टीभित्रका पनि गुटको समन्वय मिलाउनपर्ने भएकाले अधिकांश जिल्लामा सहमतिको प्रतिवेदन बन्नै सकेन। जिल्लामा आफ्नो समूहलाई पेलिएको भन्दै केन्द्रमै कतिपय नेताहरुले असन्तुष्टि जनाउन थाले। भद्रगोलमै यो कार्यदल पनि असफल भयो।

तेस्रो कार्यदल
गत कात्तिक ८ गते नेकपाले अर्को कार्यदल गठन गर्‍यो। सो दिन बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरु रामबहादुर थापा 'बादल' र विष्णु पौडेलको दुई सदस्यीय कार्यदल गठन गर्‍यो। केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिने कार्यादेश पाएको कार्यदलले पनि आंशिक काम मात्रै गर्न सक्यो।

कार्यदलले पेस गरेको नामावलीलाई सचिवालय बैठकमा पेस गरिएको थियो। तर ती नामहरु आधिकारिक रुपमै सार्वजनिक नहुँदै बाहिरिन थाल्यो। अध्यक्षद्वयले अन्तिम रुप दिने भनिएको नामावली बाहिरिन थालेपछि असन्तुष्टिहरु पनि सार्वजनिक हुन थालेका थिए।

पछि महासचिव विष्णु पौडेलले प्रदेश कमिटीको नामावली सार्वजनिक त गरे। तर माधव नेपाल पक्षधरको असन्तुष्टि भने अझै छ। कार्यदलकै अर्को कार्यादेशमा रहेको केन्द्रीय सदस्यहरुको कार्यविभाजन भने हुन सकेको छैन।

Xtrem

Xtrem

चौथो कार्यदल
पार्टीको गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले सांगठनिक एकताको बाँकी काम टुंग्याउन ९ सदस्ययीय कार्यदल गठन गरेको थियो। सदस्यहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुरामा भुसाल, वर्षमान पुन, लेखराज भट्ट, शंकर पोखरेल र रघुवीर महासेठ थिए। 

यो कार्यदललाई सांगठनिक एकतामा बाँकी रहेका कामको खाका तयार पार्ने कार्यादेश थियो। उनीहरुले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, विधानमा हेरफेर तथा प्रदेश कमिटीको समीक्षा गर्न सक्थे। तर, विधानको विषयमा सहमति जुटे पनि बाँकी काम भने गर्न सकेन। 

कार्यदलका सदस्यहरुबीचमै निरन्तर संवाद नहुने र बैठक नै नबस्ने परिस्थितिका बीच कार्यदलले प्रतिवेदन तयार नै गर्न सकेन। बरु, माघ २२ बसेको सचिवालय बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन भन्यो। त्यसपछि कार्यदलका केही बैठक बस्यो तर मिल्न बाँकी विषयमा सहमति खोज्न सकेन। बरु, थप समय माग्ने सहितको अपुरो प्रतिवेदन बुझायो।

बिहीबारको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुसँग समेत छलफल गरियो। सो बैठकमा कार्यदलका सदस्यहरुले थप समय मागे पनि शुक्रबारको सचिवालय बैठकले भने कार्यदल नै भंग गरिदियो।

यो पनि : कार्यदल भंग गर्ने नेकपा निर्णयप्रति नेपाल समूहको आपत्ति, फरक मतसहितको छुट्टै प्रतिवेदन बुझाइँदै

प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९२० मत पा... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आ... आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्य... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्